शहिद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ क्लबको तेस्रो जित | Khabarhub Khabarhub

शहिद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ क्लबको तेस्रो जित


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ क्लबले तेस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज बिहान भएको खेलमा खालीबारीले सानेपा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । खालीबारीको जितमा जोर्डन पुन मगर र सन्दीप गुरुङले १–१ गोल गरे । खालीबारीका जोर्डन म्यान अफ द म्याच घोषित भए । अर्को खेलमा स्वयम्भु क्लब र महावीर क्लब दिउँसो पौने १ बजे आमने सामने हुनेछन् ।

स्वयम्भु तेस्रो जितको खोजीमा छ भने महावीर पाँचौँ जित निकाल्न चाहन्छ । ९ अंकसहित स्वयम्भु तालिकाको ११ औँ स्थानमा छ भने महावीर १५ अंकसहित पाँचौँ स्थानमा छ । वीरगंज युथ एकेडेमी र प्लानिङ ब्वाइज युनाइटेड दिउँसो ४ बजे भिड्नेछन् । वीरगञ्ज दोस्रो जितको खोजीमा छ भने प्लानिङ छैटौँ जित निकाल्न चाहन्छ । 

अंकसहित वीरगंज १३ औँ स्थानमा छ भने १९ अंकसहित प्लानिङ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १ : १२ बजे

राक्सिराङका ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई

मकवानपुर– मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६

के आँखा अल्छी हुन्छ ?

काठमाडौं – आँखा हाम्रो महत्त्वपूर्ण अंग हो। यदि आँखाले नै

रफाह सीमा नाका इजरायलको कब्जामा

काठमाडौं– इजरायलले इजिप्ट र गाजा बीचको रफाह सीमा नाका कब्जा

मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

काठमाडौं– स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि  स्नान

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई सुरक्षा अधिकारी पक्राउ

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा