मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिन्छः डब्लूएचओ | Khabarhub Khabarhub

मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिन्छः डब्लूएचओ


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिने जनाएको छ। भाइरसका १०० भन्दा बढी केसहरू युरोप, अमेरिका र अष्ट्रेलियामा पुष्टि भएको छ। भाइरसका कारण शरिरमा फोका र ज्वरोलगायतका लक्षण देखिन्छन्।

अहिलेसम्म १६ देशमा संक्रमण फैलिएको छ र यो अझै बढ्ने अनुमान गरिएको छ। तर, विज्ञहरू ठूलो जनसंख्याको लागि यसको समग्र जोखिम धेरै कम रहेको बताउँछन्।

मध्ये तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा यो संक्रमण धेरै देखिएको छ। ‘यो नियन्त्रणयोग्य अवस्था हो’, डब्ल्यूएचओको मारिया भान केरखोभले एक पत्रकार सम्मेलनमा भनिन्।

‘हामी मानिसबाट मानिसमा सर्नबाट रोक्न चाहन्छौँ ’, युरोप र उत्तरी अमेरिकामा हालै देखिएका केसहरूलाई संकेत गर्दै उनले भनिन्। अफ्रिकाबाहिर १६ देशमा यो भाइरस भेटिएको छ।

५० वर्षमा अफ्रिका बाहिर सबैभन्दा ठूलो प्रकोप भएता पनि मंकीपक्स मानिसमा सजिलै फैलिँदैन र विज्ञहरूले यसको जोखिम कोभिड भाइरस महामारीसँग तुलना गर्न नसकिने बताएका छन्।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ८ : १३ बजे

ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

ताप्लेजुङ – ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा टपरी गाँस्ने र धुपबत्ती बाट्ने

इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

काठमाडौं – नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई

बेनी–दरवाङ सडक आयोजना : ट्रयाक खुलेको २० वर्षपछि कालोपत्रको तयारी

म्याग्दी – म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा

बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता

मकवानपुर – बागमती प्रदेशसभाअन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको सभापति पदका

गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु

गोरखा – गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर आज