जसपाको स्थानीय तह केन्द्रित घोषणापत्र सार्वजनिक | Khabarhub Khabarhub

जसपाको स्थानीय तह केन्द्रित घोषणापत्र सार्वजनिक


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले भ्रष्टाचार मुक्त बनाऔँ, विकास र समृद्धिको अभियान अघि बढाऔँ भन्ने नारा दिएर स्थानीय तह केन्द्रित घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जसपाले घोषणापत्र सार्वजनिक गरेको हो । 

निर्वाचनले स्थानीय लोकतन्त्र, स्वायत्तता, स्वशासनको प्रत्याभूति तथा प्रभावकारी सेवा सुविधा प्रदान गर्न उल्लेखनीय योगदान गर्ने जसपाको विश्वास छ । जसपाले वडा र पालिका कार्यालयहरूलाई सेवाग्राहीमैत्री बनाइने, जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिने भ्रष्टाचारमा शुन्य सहनशीलता कायम गर्ने र सरकारी कर्मचारी, राजनीतिक नेतृत्वले भ्रष्ट्राचार गरेमा, प्रमाण भेटिएमा तुरुन्त कानुनी कारवाही गरिने जनाएको छ ।

 त्यस्तै प्रत्येक वडामा ५० र नगरपालिकामा ५०० जना युवालाई रोजगारी दिने र माध्यमिक तहसम्मको शिक्षा व्यवहारिक रूपमै निःशुल्क र गुणस्तरीय बनाउने घोषणापत्रमा उल्लेख गरिएको जसपा नेता अशोक राईले जानकारी दिए। त्यस्तै स्थानीय तहको करको दायरालाई बढाएर करको दरलाई कम पार्ने योजना जसपाको रहेको उनले बताए।

पत्रकार सम्मेलनमा जसपा अध्यक्ष उपेन्द्र यादवले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने र गाँउ गाँउमा स्वस्थकर पिउने पानी, फोहरमैला व्यवस्थापनका विषय र विपत व्यवस्थापन समितिलाई पार्टीले प्राथमिकताका साथ राखिएको बताए।

त्यस्तै जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलेले मास्टरप्लान बनाएर नै विकासको योजनालाई अघि बढाउने प्रतिवद्धता जनाए । लोकतन्त्रलाई जनताको घरदैलोमा पुर्‍याउने र तल्लोतहबाटै विकास गर्ने योजना आफूहरूको रहेको उनको भनाइ छ ।

जसपाले मधेसी, थारू, मुस्लिम, आदिवासीजनजाति, खस, सीमान्तकृत, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शिल्पी/दलित, दुर्गमवासी, महिला, लैङ्गिक अल्पसंख्यक आदिको सम्मानजनक सहभागिता गर्ने प्रतिवद्धता जनाएको छ । आधुनिक शौचालय सुविधा नपुगेका घर–परिवारलाई शौचालय निर्माण गर्न रू १० हजारको अनुदान दिइनेलगायतका योजना जसपाको घोषणापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ६ : ५१ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही