युक्रेनी नौसेनाद्वारा रुसी युद्धपोत ध्वस्त | Khabarhub Khabarhub

युक्रेनी नौसेनाद्वारा रुसी युद्धपोत ध्वस्त


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी नौसेनाले दक्षिणी युक्रेनको बेर्दियान्स्क बन्दरगाहमा रुसी युद्धपोत ध्वस्त पारेका छन् । युक्रेनी नौसेनाले फेसबुकमार्फत जानकारी दिँदै बेर्दियान्स्क बन्दरगाहमा रोकिराखेको रुसी नौसेनाको ‘ओर्स्क’ नामक सैनिक वाहक युद्धपोत ध्वस्त पारेको जनाएको हो ।

उक्त युद्धपोत जमिनमा सैनिक उतार्नका लागि रुसले त्यहाँ ल्याइपुर्‍याएको जनाइएको छ । यसअघि बेर्दियान्स्कको बन्दरगाहबाट धुवाँको कालो मुस्लो उडिरहेको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

युक्रेनी नौसेनाको आक्रमणका बेला उक्त युद्धपोतमा कति रुसी सैनिक थिए भन्ने स्पष्ट भइसकेको छैन । युक्रेनी नौसेनाले आक्रमणमा भएको घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन भने मानवीय क्षतिबारे पनि केही खुलाइएको छैन ।

रणनीतिक रुपमा महत्वपूर्ण मारिओपोलबाट दक्षिणपश्चिममा रहेको बेर्दियान्स्क बन्दरगाह हाल रुसको कब्जामा रहेको बताइएको छ । रुसले गत फेब्रुअरी यता युक्रेनमा आक्रमण थालेको भएपनि हालसम्म मारिओपोल शहरलाई कब्जामा लिन सकेको छैन ।

मारिओपोलमा सैनिक कारवाहीलाई तीव्र पार्नका लागि रुसले बेर्दियान्स्कको बन्दरगाहमा सैनिक उतार्ने प्रयासस्वरुप उक्त सैनिक वाहक युद्धपोत त्यहाँ ल्याएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ५ : २६ बजे

ट्राफिक कारबाहीबाट चार करोड राजस्व संकलन  

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा

अर्जेन्टिनाविरुद्ध फोकल्याण्डमा लडेका लाहुरेको नवौं कृति

सुनसरी- जीवनको उर्जाशील युवा समय काँधमा राइल बोकेर परेड खेल्दै

विश्वासको मत प्राप्त हुनेमा कुनै दुबिधा छैन : प्रधानमन्त्री 

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ

व्यक्ति केन्द्रित समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल 

मोरङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी

प्रचण्डलाई माधवको कटाक्ष – ‘प्रधानमन्त्रीज्यूको तमासा मात्रै हेरेर बसेका छौँ’

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल