रुसी आक्रमणले दर्दनाक बन्यो युक्रेनी नागरिकको अवस्था | Khabarhub Khabarhub

रुसी आक्रमणले दर्दनाक बन्यो युक्रेनी नागरिकको अवस्था

पृथकतावादी समूह र रुसी हस्तक्षेपको दोहोरो मारमा पूर्वी युक्रेन


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुसले युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेसँगै युरोपमा दोस्रो विश्वयुद्धपछिकै भयावह युद्धको बादल मडारिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन सम्बोधन मार्फत युक्रेनको डोन्बास क्षेत्रमा रुसी सैन्य आक्रमणको घोषणा गरेसँगै युक्रेनमा रुसी सेनाले आक्रमण थालेका छन्। लामो समयदेखि पृथकतावादी विद्रोह चर्किएको पूर्वी युक्रेनमा भिडन्त शुरु भएको छ। रुसले सैन्य आक्रमण सुरु गरेपछि युक्रेनले अन्तर्राष्ट्रिय सहायता मागेको छ। अमेरिकाले रुसले महँगो मूल्य चुकाउँने चेतावनी दिएको छ।

युक्रेन गृह युद्धको चपेटामा परेको आठ वर्ष भइसकेको छ । अलिक शान्तको दिन आउँछ भन्ने आसमा रहेकी लार्सीया अहिले क्रुद्ध छिन् । उनको मनमा एक खालको आक्रोश छ । युक्रेनको उत्तर पूर्वको नोभाट्रोस्टेक नजिक लार्सीयाको घर छ ।

रुसको आडमा पृथकतावादी समूहका कारण ५ सय किलोमिटरमा एउटा सीमा कायम गरिएको छ । यो सन् २०१४ देखि नै छ । यसै सीमाको छेउमा लार्सीयाको बसोबास छ । यसै रेखाबाट परिवार, समुदाय र सेवा प्रदाय क्षेत्रलाई छुट्ट्याइएको छ । संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क अनुसार नै त्यहाँ पृथकतावादी समूह र युक्रेन सरकारको बिचमा बारम्बार हुने गरेको झडपका कारण १४ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

आफ्नै शैली भएका डोन्सटेक पिपुल्स रिपब्लिक (डिएनआर) र लुहान्सक पिपुल्स रिपब्लिक (एलएनआर)लाई कसैले पनि चिन्दैन । तिनीहरूमा आबद्ध हुने धेरै व्यक्तिलाई क्रेमलीनमा पनि चिनिएको छैन । तिनीहरूले त्यहाँका ४० लाख मानिसको घरमा बसोबास गरी रहेका छन् । यी नै मध्य लार्सीयाको घर पनि हो । जाडो महिनामा चिल्लो निलो ज्याकेटमा प्राय भेटिने लार्सीया आफ्नो पुरा नाम भने भन्न चाहन्नन् । उनी त्यसै नोभाट्रोस्टेकको सीमामा हतारमा पनि भेटिन्छिन् ।

त्यहाँ रहेका हरेकलाई देशको अन्य क्षेत्रमा जानलाई युक्रेन सरकारको सहमति चाहिन्छ । उनी सरकारको अनुमतिमा प्रत्येक ६ महिनामा त्यस स्थानबाट बाहिर जाने गर्छिन् । युक्रेनको बिच भागमा रहेको डिनिप्रोमा गएर चिकित्सकसँग उनले परीक्षण गराउनु पर्ने हुन्छ । अहिले भने उनी डोन्सटेक जाने तयारीमा छिन् । उनी नोभाट्रोस्टेक पार गर्ने क्रममा कुकुरले पनि परीक्षण गर्छ । उनलाई सिममा तैनाथ रुसी सेनाको बारे कुने चासो छैन ।

अहिले पश्चिमा नेताहरू रुसको सहयोगमा पूर्वी क्षेत्रमा लडाकु समूहले दिएको ज्यादतीलाई बिर्सेर रुसले सीमा क्षेत्रमा आक्रमण गर्ने कुरामा केन्द्रित भएको छ । यसले नै उनलाई आक्रोशित तुल्याएको छ । उनी अहिले आफू बसोबास गरेको स्थान छाडेर केही पर जाँदा पनि आनन्दको महसुस हुने बताउँछिन् ।

ती प्रौढ महिलामा रहेको यो आत्मविश्वास त एकातर्फ छ । तर,पश्चिमा नेताहरूले बारम्बार भ्लादमिर पुटिन आक्रमणको मनसायमा रहेको मात्रै जुनसुकै समयमा आक्रमण गर्ने सक्ने सम्भावनालाई यतार्थ परिणत गरिसकेका छन् ।

विद्रोही नेताहरूले भने रुसको सीमा क्षेत्रमा रहेका वृद्धा र बालकले त्यस ठाउँ छाड्नलाई भनी सकेका छन् । ‘हामी सामान्य नागरिक कुनै युद्ध चाहँदैनौ । हामी बाच्न चाहन्छौ । हामी माया चाहन्छौ । हामी एक आपसमा सबैले सबैलाई माया गरेको हेर्न चाहन्छौ । हामी एक आपसमा मायाका साथ हग गर्न चाहन्छौ’ मिठो मुस्कान सहित लार्सीयाले भनेका कुराले अन्तर्राष्ट्रिय स्तरका सञ्चारकर्मी समेत भाव विभोर भएका छन् ।

अहिले युक्रेनको पूर्वी भाग छाडेर मध्य भागमा जानेको लस्कर नै छ । त्यही लस्करमा एउटी महिला सेरही कालो ज्याकेट लगाएर उभिई रहेकी थिइन् । तीनलाई पनि युद्धकै चिन्ता छ । ‘चेक प्वाइन्ट क्रस गरेर बाहिर जान धेरै कठिन छ’ उनले भनिन्, ‘विगतमा यहाँ कुनै अप्ठेरो थिएन । अहिले युद्ध र कोभिडको कारण जनजीवन अत्यन्त कठिन बनेको छ । ’

सरकारले दिएको पेन्सनका लागि धेरै जना आफ्नो प्रान्तमा नै रहने गरेका छन् । यसका बाबजुद सेरही आफन्तलाई भेट्न त्यहाँबाट बाहिर निस्की रहेकी छिन् । ‘मलाई पेन्सन जरुरी छ । त्यत्तिकै जरुरी अरू कुराहरू पनि छन् । मेरी आमा ८६ वर्षकी हुनु भयो । उहाँलाई भेट्नु बाहेक महत्त्वपूर्ण अर्को के हुन सक्छ होला ?’

सेरही डोन्सटेकमा रहेको आफ्नो घर तर्फ गई रहेको समयमा स्वेतलाना त्यतैबाट फर्की रहेकी थिइन् । ८१ वर्षीय पातली ती महिलालाई हिँड्नका लागि त्यत्ति सहज छ छैन । तथापि श्रीमान् लीयोनीयाडसंग हात समाएर मुस्किलले हिँडीरहेकी छन् ।

‘‘दुई महिनामा हाम्रो यो पहिलो भ्रमण हो । हामीले हाम्रा केटाकेटीलाई हेर्न पाएका छैनौ । हाम्रो जेठो पनाति जन्मिएको छ । उसलाई हेर्न पाउँदा खुसी लागेको छ’ स्वेतलानाले लामो सास फेर्दै भनिन् ।

सेना, पर्खाल र अवरोध यी सबै देख्दा नोभाट्रोस्टेक कुनै दुई देशको सीमा जस्तो देखिन्छ । ‘यहाँ यस्तै भइरहेको हुन्छ,’ चेक प्वाइन्टका डेपुटी कमान्डर इना कीस्चुक भन्छिन् । कीस्चुककै अनुसार त्यहाँ होल्ड गरेर राख्नु पर्ने मान्छेको लागि भिन्न स्थान पनि छ । अहिले त्यहाँ अशुभ ज्वालामुखीका सङ्केत देखिन थालेका छन् । फेरी मोटार र गोला बारुदका आवाज सुनिन थालिएका छन् ।

अहिले पृथकतावादी समूहले भने केही समयलाई आक्रमण रोकेको छ । यसरी आक्रमण रोक्नुको कारण अहिले उनीहरूले आक्रमण जिम्मेवारी राखे रुससँगको युद्धको क्रममा भएको क्षतिको आरोप पनि उनीहरूलाई नै लाग्न सक्छ । किभमा रहेका पृथकतावादीहरूकै अनुसार कुनै ट्र्यापमा नपरेर घटनालाई पर बसेर हेर्ने योजना उनीहरूको छ ।

रुसले अहिले नै युक्रेन अधीनस्थ केही टुक्रालाई नियन्त्रणमा लिईसकेको छ । सन् २०१४ देखि विद्रोही समूहलाई उक्साइ रहेको रुसले क्रेमीया प्राय द्विपमा प्रभाव जमाए पनि यसमा सन्तुष्ट हुन सकेको छैन । अहिले भने युक्रेन र युरोपकै सुरक्षित भविष्यको बारे सोच्ने हो भने साँच्चै चिन्ता गर्नु पर्ने अवस्था छ । यदि आक्रमण भई हालेमा पूर्वी क्षेत्रमा यसको असर नै पर्ने देखिएको छ ।

यो आठ वर्षको पृथकतावादी समूहको विद्रोह पछि अहिले त्यहाँ थप तनाव थपिएको छ । ३६ वर्षीय भ्यालेन्टीया कोभाच किभमा रहेकी व्यावसायिक कोरियो ग्राफर हुन् । जाडो यामको अन्त्य र स्प्रिङको सुरुवात उनको अत्यन्त व्यस्त हुने समय हो ।

अहिले अवस्था फरक छ । उनी आफ्नो पेसामा त्यत्ति व्यस्त छैनन् । मान्छेमा पुर्न ताजगीका लागि जोस नै छैन । यसैले उनीसम्म आइपुग्ने मान्छेको सङ्ख्या पनि घटेको छ । अहिले पनि तनावलाई कम गर्न शारीरिक अभ्यास गर्ने केही मानिस उनीकहाँ नआउने होइनन् । तथापि धेरै ग्राहक घटेका कारण उनले पैसा बचत गर्न सक्दिनन् । किभमा रुसले आक्रमण गरे के गर्ने होला ? भन्ने चिन्ता पनि अहिले लाग्न थालेको छ । देशको पश्चिमी भाग रुसको सीमा भन्दा सयौँ किलो मिटर टाढा छ । उनी त्यही जाने सोचमा छिन् । उनका बाबु आमा पनि त्यही छन् । अहिले उनी त्यस बारेमा सोचेर आफूलाई अझ चिन्ता थप्न भने चाहन्नन् ।

४५ वर्षीय रस्लान बेलायभ पनि विज्ञापनको ड्रोन उडाउने काम गर्छन् । उनको पेसा पनि अहिले धरापमा परेको छ । सन् २०२० को जुनमा उनले किभ प्राइड सेलीब्रेसनमा लाइभ गरेको धेरैलाई याद छ । यसै कार्यक्रम मार्फत उनी ब्रान्डको रूपमा नै स्थापित थिए । उनलाई पनि ज्यान जोगाउने चिन्ता नै धेरै छ । देशको पूर्वी भागमा जोखिम भए पछि उनी पनि अन्यत्र कतै सर्ने सोचाइमा छन् ।

यस्ता धेरै उदाहरण छ । जसलाई अहिले व्यवसायको भन्दा जीवनको चिन्ता छ । युद्धको भय छ । अझ पूर्वी भागमा त आठ वर्ष अगाडी नै सुरु भएको पृथकतावादी समूहको विद्रोहले जीवन कठिन थियो नै अहिले अझ कठिन बनेको छ । पूर्वी युक्रेनका बासिन्दाको यो कठिन दैनिकी अझै केही महिना चल्ने छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  १२ : ०० बजे

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : देव गुरुङ

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव

शिक्षकले राजनीति नगरौँ : गिरिराजमणि पोखरेल

बैतडी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा सुदूरपश्चिम

राखेपद्वारा ‘मिसन २०२६’ मा पाँच खेल थप

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ‘मिसन २०२६’ अन्तर्गत राष्ट्रिय

सामुदायिक वनमा पक्की भवन निर्माण हुने

सिरहा – वन संरक्षण र पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले