सहिद सप्ताह सुरु | Khabarhub Khabarhub

सहिद सप्ताह सुरु


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबारबाट सहिद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहूति दिएका सहिदको सम्झनामा हरेक वर्ष १० देखि १६ माघसम्म विभिन्न कार्यक्रम गरी उनीहरूको योगदनाको चर्चासहित सहिद सप्ताह मनाउने गरिएको छ ।

२०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिद सप्ताह मनाउन थालिएको हो ।

प्रजातन्त्र र स्वतन्त्रताको माग राखेका शुक्रराज शास्त्रीलाई १० माघ १९९७ मा काठमाडौंको टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । सहिद शास्त्रीलाई मृत्युदण्ड दिइएको दिन १० माघदेखि १६ माघसम्म सहिद सप्ताह मनाउने गरिएको छ ।

१३ माघमा धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभाभगवतीमा तत्कालीन राणाशासकले मृत्युदण्ड दिएको थियो । १६ माघलाई सहिद दिपवसको रुपमा मनाउने गरिएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १२ : ०० बजे

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी