एक दिवसीय सिरिज : भारतमाथि दक्षिण अफ्रिकाको क्लिन स्विप | Khabarhub Khabarhub

एक दिवसीय सिरिज : भारतमाथि दक्षिण अफ्रिकाको क्लिन स्विप


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीन खेलको एक दिवसीय सिरिजमा दक्षिण अफ्रिकाले भारतमाथि क्लिन स्विप गरेको छ । केपटाउनमा भएको खेलमा दक्षिण अफ्रिकाले आइतबार राति तेस्रो एक दिवसीयमा भारतलाई ४ रनले हराउँदै सिरिज ३–० ले जितेको हो ।

दक्षिण अफ्रिकाले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर २ बलमा २८३ रन बनाएर अलआउट भयो ।

भारतका लागि विराट कोहली ६५, शिखर धवन ६१ र दीपक चाहर ५४ रनको अर्धशतकीय इनिङ्स खेले पनि जितका लागि पर्याप्त भएन । सूर्यकुमार यादवले ३९ रन बनाउँदा श्रेयस आयर २६ र कप्तान केएल राहुल ९ रनमा समेटिए ।

भारतविरुद्धको खेलमा दक्षिण अफ्रीकाका लुंगी एनजीडी र एडिलेले ३–३ विकेट लिए भने ड्वाने प्रिटोरीउसले २ विकेट हात पारे ।

पहिला ब्याटिङ गरेको अफ्रिकाले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ८७ रन बनाएको थियो। उसका लागि क्विन्टन डी ककले १ सय २४ रनको शतकीय इनिङ्स खेलेका थिए ।

दक्षिण अफ्रिकाका भान डेर डुसेन ५२ र डेभिड मिल्लरले ३९ रन बनाएका थिए । भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिँदा दीपक चाहर र बुम्राहले २–२ विकेट हात पारे । दक्षिण अफ्रिकाले भारतविरुद्धको एक दिवसीयमा क्लिन स्विप गरेर खेललाई रोचक बनाएको छ ।

 

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ५ : ३२ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत