आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित « Khabarhub

आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला– आँधीको खतराका कारण फिलिपिन्सका धेरै ठाउँमा विद्यालयका कक्षा कोठा र सरकारी कार्यालयहरू बन्द गरिएको छ ।

फिलिपिन्सका राष्ट्रपति फेर्डिनान्ड रोमाल्डेज मार्कोसले मेट्रो मनिला र अरु छ प्रान्तमा मङ्गलबार र बुधबार कक्षा तथा कार्यालय बन्द गर्ने निर्देशन जारी गरेका छन् ।

सञ्चार सचिव रोज बेट्रिक्स क्रुज एन्गेल्सले लगुना, रिजाल, बुलाकान, काभित, जाम्बालीज र बतान प्रान्तमा अध्ययन अध्यापन र कार्यालयको काम बन्द गरिएको जानकारी दिए ।

अत्यधिक वर्षापछि ठूलो आँधी समेत आउने प्रक्षेपण गरिएकाले स्थानीय बासिन्दालाई बाहिर ननिक्लिन बिदा दिइएको उनको भनाई छ ।

उनका अनुसार स्वास्थ्य सेवाका कर्मचारी तथा कार्यालय र अन्य अत्यावश्यक सेवा भने बन्द गरिएको छैन ।

मङ्गलबार आएको वर्षा र आँधीले धेरै मानिसलाई प्रभावित पारेको मौसम विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार मङ्गलबार बिहान १०.३० मा देशको उत्तरी क्षेत्रबाट आँधी आएको थियो । शक्तिशाली हावाहुरी र वर्षाले केही भौतिक क्षति गराएको छ भने मानवीय क्षतिको विवरण प्राप्त नभएको विभागले जनाएको छ ।

प्रतिघण्टा ११० देखि १८५ किलोमिटरको गतिमा झण्डै चार घण्टा आँधी आएको अधिकारीहरूले जानकारी दिएका छन् ।

मौसमविद र सरकारी अधिकारीहरूले आँधीबाट बच्नका लागि उच्च सतर्कता अपनाउन सबैलाई अनुरोध गरेका छन् ।

आँधीका कारण लुजन क्षेत्रका झण्डै पाँच सय मानिस विस्थापित भएका छन् । उनीहरूलाई अस्थायी आश्रयको व्यवस्था गरिएको सरकारको प्रकोप व्यवस्थापन निकायका अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ११ : ०७ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२