ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ | Khabarhub Khabarhub

ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मादक पदार्थ सेवन गरी प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । ट्राफिक प्रहरीको नियमित रात्रिकालिन चेकीङ क्रममा उनीहरुले प्रहरीमाथि अभद्र व्यवहार गरेका हुन् ।

पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका २ घर भइ हाल काठमाडौँको टोखा बस्दै आएका सरोज श्रेष्ठ र धुलिखेल नगरपालिका ११ घर भएका ४० वर्षीय अनिल धिताल रहेका छन् । पक्राउ परेका मध्ये श्रेष्ठ बस चालक हुन भने धिताल ट्याक्सी चालक हुन् ।

किर्तिपुरको त्रिभुवन विश्वबिद्यालय अगाडीको सडकमा बा ३ ख ४३ ८३ नम्बरको भाडा बसका चालक श्रेष्ठ, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा भेटिए पछि प्रहरीले कारबाही गर्न खोजेको थियो तर उनले उल्टै प्रहरीमाथि नै अभ्रद व्यवहार गरे । त्यस्तै भक्तपुरको जगातीमा गएराती भएको ट्राफिक प्रहरीको चेकिङमा बा २ ज ५६ १५ नम्बरको ट्याक्सी चालक धितालले पनि मादवक पदार्थ सेवन गरी ट्याक्सी चलाई रहेको पाएपछि पक्राउ गरेको हो ।

पक्राउ परेका धिताल उपर अभद्र व्यवहार मुद्धामा ७ दिन म्याद थप अनुमती लिइ प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान भइरहेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १० : ३६ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर