डलर साट्ने बहानामा ठगी गर्ने दुई जना पक्राउ | Khabarhub Khabarhub

डलर साट्ने बहानामा ठगी गर्ने दुई जना पक्राउ


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ थला डाँडा घर भई काठमाडौं बौद्ध आरुबारी बस्ने समिर भन्ने ३२ वर्षीय संजय तामाङ र ललितपुर धापासीहाइट बस्ने ३१ वर्षीय विष्णु तामाङ रहेका छन् । प्रहरीले सोमबार दिउँसो काठमाडौँको विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले १५ लाख रुपैयाँ बराबरको अमेरिकि डलर साट्न लागेको अवस्थामा फेला पारी काठमाडौं टोखा नगरपालिकास्थित युनिक कोलोनीबाट उनीहरूलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा उनीहरूले पीडित व्यक्तिहरूलाई पटकपटक फोन मार्फत सम्पर्क गरी अवैध अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटिदिन प्रलोभनमा पारी ठगी गर्ने गरेको पुष्टि भएको छ । साथै १ र ५० दरका अमेरिकि डलर देखाई विश्वासमा पारी सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका बिभिन्न स्थानमा बोलाई लाखौं रुपैयाँ लुटपाट गरेको खुल्न आएको छ ।

उनीहरूलाई ठगी एवं विदेशी विनियम ऐन अन्तर्गत मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १० : १६ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको