जम्मु कश्मीरका महिलाहरू भारतका ठूला महानगरका महिलाभन्दा धेरै स्मार्टफोन चलाउँछन् | Khabarhub Khabarhub

जम्मु कश्मीरका महिलाहरू भारतका ठूला महानगरका महिलाभन्दा धेरै स्मार्टफोन चलाउँछन्


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरका महिलाहरूले भारतका अन्य शहरका महिलाभन्दा धेरै स्मार्टफोन प्रयोग गर्ने गरेको नयाँ तथ्यांक सार्वजनिक भएको छ ।

भारतको तथ्यांकबारे जानकारी स्वतन्त्र अनलाइन पोर्टल ‘स्टाट्स अफ इण्डिया’ ले सार्वजनिक गरेको तथ्यांक अनुसार जम्मु कश्मीरका ७५ दशमलब २ प्रतिशत महिलाहरुले स्मार्टफोन चलाउने गरेका छन् ।

यो संख्या भारतभर १२ औँ सबैभन्दा धेरै रहेको कशमीर अब्जरभर नामक समाचार पोर्टलले जनाएको छ । यता राजधानी दिल्लीमा भने जम्मु कश्मीरको भन्दा थोरै ७३ दशमलब ८ प्रतिशत महिलाहरुले स्मार्टफोन प्रयोग गर्ने गरेको स्टाट्स अफ इण्डियालाई उद्धृत गर्दै कश्मीर अब्जरभरले जनाएको छ ।

यसबाहेक उत्तर प्रदेशमा केबल ४६ दशमलब ५ प्रतिशत महिलाले स्मार्टफोन प्रयोग गर्ने गरेको बताइएको छ ।

त्यस्तै, हरियाणामा ५० दशमलब ४, पश्चिम बंगालमा ५० दशमलब १ प्रतिशत, गुजरातमा ४८ दशमलब १ र राजस्थानमा ५० दशमलब २ प्रतिशत महिलाहरुले मात्र स्मार्टफोन चलाउँछन् ।
 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ७ : २१ बजे

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास