राप्रपा कार्य सम्पादन समितिको बैठक जेठ १३ गते | Khabarhub Khabarhub

राप्रपा कार्य सम्पादन समितिको बैठक जेठ १३ गते


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को यही जेठ १३ गते कार्य सम्पादन समितिको बैठक काठमाडौँमा बस्ने भएको छ । 

हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुने उक्त बैठकमा प्रदेश प्रमुखले आफ्नो क्षेत्रका उम्मेदवारलाई सफल बनाउन गरेका प्रयासबारे जानकारी गराउने महामन्त्री भुवन पाठकले जानकारी दिए । 

महामन्त्री पाठकको संयोजकत्वमा गठन गरिएको निर्वाचन परिचालन समितिको आज बसेको बैठकले मतदाता र उम्मेदवारलाई धन्यवाद तथा स्थानीय तहको निर्वाचनमा विजेतालाई बधाई ज्ञापन गरेको छ । बैठकले निर्वाचनमा जनताको सहभागिता उत्साहजनक भएको र पार्टीले प्राप्त गरेको सफलता सकारात्मक रहेको निष्कर्ष निकालेको छ । 

राप्रपाबाट तीन नगरपालिका प्रमुख, नगरपालिका र गाउँपालिकामा चार उपप्रमुख, ६४ वडाध्यक्ष र ३०० भन्दा बढी सदस्य निर्वाचित भएका छन् । निर्वाचनमा पार्टीले झण्डै १० प्रतिशत महिला उम्मेदवार उठाएको थियो । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ८ : ०० बजे

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको