तुलसीपुर उपमहानगरको मेयर र उपमेयर दुवैमा एमालेको अग्रता | Khabarhub Khabarhub

तुलसीपुर उपमहानगरको मेयर र उपमेयर दुवैमा एमालेको अग्रता


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार टीकाराम खड्काले एक हजार १६१ मतल अग्रता कायमै राखेका छन् ।

उनले हालसम्म १६ हजार ७९६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार ५३५ मत प्राप्त गरेका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपमेयरमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरीले १६ हजार ७९ मत प्राप्त गरेर अग्रस्थान छिन् भने गठबन्धनका नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानाले ११ हजार ४४५ मत पाएका छन्।

वडा नं १० मा एमालेका यमराज केसी एक हजार ८७९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी कांगे्रसका धु्रवहादुर शाहले एक हजार २३ मत प्राप्त गरे । अहिलेसम्म तुलसीपुरका १० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । हाल तुलसीपुर ११ र १२ को मतगणना जारी छ ।

तुलसीपुरमा यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४ हजार ३३६ ले मतदान गरेका थिए ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ८ : ४३ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड