स्थानीय चुनाव : कैलाली र कञ्चनपुरमा नेपाल-भारत सीमा बन्द हुने | Khabarhub Khabarhub

स्थानीय चुनाव : कैलाली र कञ्चनपुरमा नेपाल-भारत सीमा बन्द हुने


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कैलाली र कञ्चनपुरमा ४८ घण्टा नेपाल भारत सीमा नाका बन्द गर्ने सहमति भएको छ ।

नेपाल भारत सीमा सुरक्षा बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै ४८ घण्टा अगाडिदेखि नै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

शनिबार कैलालीमा बसेको दुई पक्षीय सीमा सुरक्षा बैठकले निर्वाचनलाई शान्तिपूर्ण बनाउन सीमा नाका बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । सीमा नाका बन्द हुँदा अत्यावश्यक सेवा भने सुचारु नै रहने उनले बताए ।

बैठकमा कैलाली कञ्चनपुर र भारतको लखिमपुर खिरीका सुरक्षा अधिकारीको सहभागिता थियो ।  बैठकले सीमा नाकामा हुने अन्य शान्ति सुरक्षाका विषयमा पनि छलफल गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

‘यस पटकको बैठक निर्वाचन सुरक्षामा केन्द्रित रहेको थियो,’ प्रजिअ थापाले भने, ‘अन्य विषयमा पनि सामान्य छलफल भयो ।’ नेपाल भारतको सिमानाका बारेमा देखिएका विवादबारे पनि सामान्य छलफल भएको प्रजिअ थापाले बताए ।

बैठकमा सहभागी भारतको लखिमपुर खिरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी संजयकुमार सिंहले नेपालमा हुने स्थानीय तहको निर्वाचनका लागि सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ८ : ३२ बजे

अन्तिम २ मिनेटमा झिनो अंकले बढेर बन्द भयो नेप्से, कारोबार ४ अर्बभन्दा माथि

काठमाडौं–बिहीबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा झिनो अंकले

मन्त्रिपरिषद् : फिन्ल्यान्डको १३ मिलियन युरो स्वीकार, दुई सहसचिवको सचिवमा बढुवा

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त १३

मदन-आश्रितलाई सम्झिँदै ओलीले भने : दासढुंगा घटना प्रकरण निक्कै रहस्यपूर्ण थियो

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणको काममा अब

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो

लिङ्देनको सुझाव : संसद् खोल्न समिति बनाऊँ, गृहमन्त्रीको राजीनामा पछिको कुरा हो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्र