जुम्लाको तिला गाउँपालिकामा आगलागी हुँदा चार बालबालिकाको मृत्यु « Khabarhub

जुम्लाको तिला गाउँपालिकामा आगलागी हुँदा चार बालबालिकाको मृत्यु


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला – तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।

आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

‘आगलागीबारे राति ११ : ४५ बजे हामीलाई जानकारी भयो’, प्रहरी नायब उपरीक्षक चन्दले भने, ‘सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।’ आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उनले बताए ।

आगलागीका कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको उनले जनाए । घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ६ : ४० बजे

ताइवानमा अमेरिकाले पाइला राख्दा चीनमा भूकम्प !

काठमाडौँ – अमेरिका संसारमै शक्तिशाली छ, किनकी ऊ कसैसँग अहिलेसम्म

मधेस प्रदेशले माग्यो जनस्वास्थ्य प्रयोगशालाका लागि २७२ कर्मचारी

काठमाडौं– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले २ सय ७२ कर्मचारी पदपूर्तिका

बिहीबारको मौसम पूर्वानुमान : चार वटा प्रदेशमा वर्षा

काठमाडौं- बिहीबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिममा वर्षा

सान्चेज फ्रेन्च क्लब मार्सेमा

काठमाडौं- इन्टर मिलानका पूर्व स्ट्राइकर एलेक्सिस सान्चेज फ्रेन्च लिग वान

ताइवानमाथिको चिनियाँ दबाब सामान्य बनाउन दिन्नौँ : अमेरिका

ताइपेय : अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनलाई ताइवानमाथिको