सोहेल खान नेपाल आउँदै | Khabarhub Khabarhub

सोहेल खान नेपाल आउँदै


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो जेठ १४ गते सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न उनका भाइ सोहेल खान नेपाल आउने भएका छन् ।

उनी अप्रिल १३ मा नेपाल आएर सलमानको ‘दबङ रिलोडेड टुर’ को तयारीका बारेमा बुझ्ने छन् । ‘सोहेलजी इभेन्टसँग जोडिनु भएकाले उहाँले आएर तयारी बुझ्नु हुनेछ । हामी उहाँ आएपछि अप्रिल १४ मा पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी दिनेछौँ’ ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानसँग भएको भर्चुअल सम्वाद पश्चात् सोहेल आउने बताइएको थियो ।

जेठ १४ गते दशरथ रंगशालामा हुने अभिनेता सलमानको ‘दबङ रिलोडेड टुर’ र ‘पर्यटन प्रवद्र्धन’ बारे उनीहरूबीच छलफल भएको हो ।

छलफलका क्रममा सलमानले आफू नेपाल आउन उत्साहित रहेको बताएका थिए । यस्तै, भर्चुअल संवादमा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका थिए ।

कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै अब सबै सामान्य भएको उनको भनाइ थियो । मन्त्री आलेले हिन्दी भाषामै सलमानसँग कुरा गर्दै भने, ‘आपका फ्यान नेपालमे बहुत है । हम आपको स्वागत करने के लिए आतुर है ।’ सलमानले पनि आलेसँग कुरा गर्न पाउँदा निकै खुशी लागेको बताएका थिए । कुराकानीका क्रममा पर्यटनमन्त्री आलेले सलमानलाई नेपालको पर्यटन प्रवद्र्धन गर्न पनि आग्रह गरे ।

सलमानले पनि विगतका दुई वर्ष मुस्किलले बितेको बताउँदै नेपाल आएर सबैलाई मनोरञ्जन दिन पाउँदा आफू खुशी हुने बताएका थिए । करिब १० मिनेट भएको भर्चुअल कुराकानीमा मन्त्री आलेले आफू खानको ठूलो फ्यान भएको र पहिलो फिल्म ‘बिबी होतो एसी’ देखि ‘तेरे नाम’ समेत रहेको प्रतिक्रिया दिए ।

दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’ का लागि ओडीसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । ओडीसीका सिमान्त गुरुङले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने बताए । कार्यक्रमका लागि ५ हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकेट मूल्य तोकिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ६ : २८ बजे

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।