एमसीसी सम्झौताबारे अमेरिकालाई चीनको प्रश्न– भाखा राखेर पनि कोसेली दिइन्छ ? | Khabarhub Khabarhub

एमसीसी सम्झौताबारे अमेरिकालाई चीनको प्रश्न– भाखा राखेर पनि कोसेली दिइन्छ ?


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले अमेरिकी एमसीसी सम्झौतालाई ज्यादतीपूर्ण कूटनीतिको संज्ञा दिएको छ ।

चिनियाँ सहायक विदेशमन्त्री, प्रवक्ता एवम् सूचना विभागकी महानिर्देशक हुआ छुनयिङले ट्वीट गर्दै अमेरिकालाई प्रश्न गरेकी छन्, ‘भाखा राखेर पनि कोसेली दिइन्छ ?’

उनले एमसीसी स्वीकार गर्न अमेरिकाले नेपाललाई समयसीमा दिएकोप्रति व्यंग्य गरेकी हुन् ।

प्रवक्ता छुनयिङले एमसीसी सहयोगलाई ज्यादतीपूर्ण कूटनीतिको संज्ञा पनि दिएकी छन् ।

ट्वीटरमा लेखिएको छ, ‘अमेरिकाले एमसीसीअन्तर्गत ५० करोड अमेरिकी डलर पूर्वाधार कार्यक्रम भन्दै अमेरिकी जनताको उपहारका रूपमा वर्णन गरेर नेपाललाई अनुमोदनको निम्ति अल्टिमेटम दिएको छ । भाखा राखेर पनि कोसेली दिइन्छ ? यो ज्यादतीपूर्ण कूटनीति हो ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १० : १९ बजे

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

यो आलेख तयार पार्दासम्म सहकारी क्षेत्रको बेथितिमाथि छानविनका लागि संसदीय

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन

प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको