प्रश्नपत्र बाहिरिएको बारे चिकित्सा शिक्षा आयोगको गम्भीर ध्यानाकर्षण | Khabarhub Khabarhub

प्रश्नपत्र बाहिरिएको बारे चिकित्सा शिक्षा आयोगको गम्भीर ध्यानाकर्षण


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा काठमाडौं उपत्यकासहित देशका अन्य चार स्थानका परीक्षा केन्द्रहरुमा मर्यादित र व्यवस्थित रुपमा भइरहेको भन्दै प्रश्नपत्र बाहिरिएको भ्रामक प्रचारप्रसार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘परीक्षा जारी रहेको अवस्थामा केही सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा परीक्षाको प्रश्नपत्र बाहिरिएको लगायतका तथ्यहीन र भ्रामक प्रचार प्रसार भएकोमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’ चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डा भोजराज शर्मा काफ्लेले एक सूचना जारी गर्दै भनेका छन्, ‘ यसरी भ्रामक विषयवस्तु सञ्चार गर्नेप्रति आयोग आफैं र केन्द्रीय अनुसन्धान ब्यूरो व्यवस्थित रुपमा अनुसन्धानमा संलग्न भैरहेको छ ।’

यसै क्रममा परीक्षामा अमर्यादित कार्य गर्न प्रयास गरेका दुई परीक्षा केन्द्रका तीन जनालाई आयोग र केन्द्रीय अनुसन्धान व्यूरोको संयुक्त प्रयासमा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन केन्द्रीय अनुसन्धान व्यूरोलाई अनुरोध गरिसकिएको आयोगले जनाएको छ ।

प्रश्नपत्रको गोपनियता र व्यवस्थापनमा सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरिएकोबारे विश्वस्त गराउन चाहेको आयोगले जनाएको छ । परीक्षाजस्तो संवेदनशील विषयमा भ्रामक सूचना तथा जानकारीबाट पर्नसक्ने गम्भीर असरप्रति सम्बन्धित सबै सजग रहन आयोगले अनुरोध गरेको छ । माघ १० गतेको परीक्षा पूर्व निर्धारित कार्यक्रम अनुसार नै सञ्चालन हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ९ : ४५ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्