एसईई परीक्षा वैशाखमा हुने | Khabarhub Khabarhub

एसईई परीक्षा वैशाखमा हुने


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा परीक्षा सञ्चालन हुने बताएको हो।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वैशाखको सुरुमै परीक्षा सञ्चालन गर्ने बताए। उनले परीक्षा तालिका केही दिनमै सार्वजनिक हुने बताएका छन्।

वैशाखमा एसईई परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को शैक्षिक क्यालेन्डरमा असर नपर्ने बताएका छन्। चैतमा शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदका लागि लिखित परीक्षा सञ्चालन गर्ने भएपछि एसईई वैशाखमा सरेको हो।

विगत वर्षमा मङ्सिरमा परीक्षा तालिका सार्वजनिक हुने गरेको थियो। पछिल्ला वर्ष कोरोना संक्रमणले परीक्षा सञ्चालन हुन सकेको छैन।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : ०३ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा