दिउसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो १ बजेसम्मका मुख्य १० समाचार


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१ . सीट बाँडफाँड गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै 

सत्ता गठबन्धनको बैठक  आज बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज .अपरान्ह ३ बजे बस्ने  बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सीट बाँडफाँड गर्ने  विषयमा छलफल हुने  बताइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँड गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ । यसअघि पटक पटक बसैको  बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कुन दललाई कति सीट दिने भन्ने विषयमा दलहरूले सहमति जुटाउन सकेका छैनन् । गठबन्धन दलबीच सीट बाँडफाँडको बारेमा निष्कर्षमा पुगेपछि चुनावमा होमिने तयारी छ ।

 २. नेकपा माओवादी केन्द्रबाट  संसदीय निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ६ सिटमा दाबी

नेकपा माओवादी केन्द्रले आगामी संसदीय निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ६ सिटमा दाबी गरेको छ । सुदूरपश्चिममा संघका १६ निर्वाचन क्षेत्र छ । जसमध्ये माओवादीले ६ सिटमा दाबी गरेको हो ।

संघ र प्रदेशमा देशभर सत्ता गठबन्धनका साझा उम्मेदवार हुन छन्आफूहरूले कम्तिमा पनि संघमा ६ र प्रदेशमा १३ सिटमा दाबी गर्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले   बताए ।  सत्ता गठबन्धनमा माओवादी दोस्रो ठूलो दल भएकाले पनि आफूहरूकै दाबी स्वभाविक भएको भट्टको भनाइ छ ।

कञ्चनपुर–१, दार्चुला, अछाम, डोटी र कैलाली गरी माओवादीले संघका ६ सिटमा दाबी गर्ने उनले बताए । 

  ३ .तत्काल वामपन्थी एकता नहुने स्पष्ट एसका  सम्मानित नेता झलनाथ खनालको भनाई  

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्काल वामपन्थी एकता नहुने स्पष्ट पारेका छन् । पार्टी प्रशिक्षणको लागि गुल्मी  पुगेका नेता झलनाथ खनालले तत्काल वामपन्थी एकता सम्भव नभएको स्पष्ट पारेका हुन् ।

उनले वामपन्थी एकताका लागि ठूला पार्टी नै इच्छुक नभएको हुनाले एकता सम्भव नभएको  पनि जिकिर गरे । त्यस्तै  नेता खनालले आफूले कुनै पदका लागि बार्गेनिङ नगरिरहेको स्पष्ट पारे ।  

एमालेसँग पार्टी एकता नहुने तर माओवादीसँग भने एकताको कुरा चलिरहेको  खनालको  बताए ।

४ . चुनावअघि लुम्बिनी प्रदेश सभा सार्न लागेको भन्दै विरोध प्रर्दशन 

चुनावअघि लुम्बिनी प्रदेश सभा सार्न लागेको भन्दै विरोध  प्रर्दशन भएको छ ।  आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनअघि नै अस्थायी मुकाम बुटवलबाट प्रदेश सभाको कार्यालय दाङ सार्ने तयारी गरिएको भन्दै विरोध सुरु भएको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा प्रदेश सभाको भवन निर्माण पूरा नभए पनि हतार–हतार दाङमा सामान सार्न कर्मचारीलाई निर्देशन दिइएको भन्दै सत्ता पक्षकै सांसदले आपत्ति जनाएका छन् ।

स्थायी राजधानी दाङ तोकिएपछि राप्ती प्राविधिक शिक्षालय परिसरमा ५ करोड २१ लाख ९३ हजार रुपैयाँ लागतमा फलामबाट अस्थायी भवन निर्माणाधीन  अवस्थामा रहेको छ ।

भवन निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले २४ वैशाख २०७८ मा ठेक्का सम्झौता गरेको थियो । 

 ५. काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङका पसल हटाउन सुरु

काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङका पसल हटाउन सुरु गरेको छ ।

अहिले बानेश्वर प्लाजाको अण्डरग्राउण्डमा राखिएका पसलहरू खाली गराइएको छ  । पसल हटाउन मेयर बालेन्द्र साह बानेश्वर क्षेत्रमा  आज बिहान आफैं पुगेका हुन्  । काठमाडौं उपत्यकामा सवारी पार्किङको समस्या भएको महानगरपालिकाले जनाएको छ ।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग भएको भन्दै महानगरले हटाउन आग्रह गरेको  थियो । महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद  हिजो  सकिएसँगै आजदेखि महानगर एक्सनमा उत्रिएको हो ।

 ६ . मोरङबाट  दुई वटा पेस्तालसहित २ जना पक्राउ 

मोरङबाट प्रहरीले  दुई वटा पेस्तालसहित २ जनालाई पक्राउ गरेको छ । भारतबाट बेच्न भनेर नेपाल ल्याइएका पेस्तोल र रिभल्बरसहित  दुईजनालाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) सिक्टीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–८ का २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका–६ बस्ने २९ वर्षीय नविन धिमाल रहेका छन् ।को २७ प ४०६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाईसशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाईनिज पेस्तोल, सोको एक वटा म्याग्जीन तथा एक राउण्ड गोली र एउटा सिक्सर पेस्तोलसहितपक्राउ गरेको हो ।

आलमले सो  पेस्तोल  धिमालले मगाएको भनि दिएको मौखिक बयानको आधारमा रतुवामाई नगरपालिका ८ दाम्राभिट्टाबाट उनलाई  पक्राउ गरिएको हो । धिमालले प्रयोग गरेको को २२ प ६७०७ नम्बरको मोटरसाईकल तथा ४७ हजार ७ सय ७० नेपाली रुपैयाँ र दुई थान मोवाईल सेट समेत बरामद भएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद पेस्तोल, मोटरसाईकल,रुपैयाँमोवाईल सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाईएको

७. जबरजस्ती करणी गरेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ 

 जबरजस्ती करणी गरेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमाभारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले ललाई फकाई डरत्रास देखाई तीबालिकालाई जबरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 ८. पाकिस्तानको प्रहरीले  पूर्वप्रधानमन्त्री इमरान खानमाथि 

पाकिस्तानको प्रहरीले  पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ । खानमाथि प्रहरी र न्यायपालिकाविरुद्ध धम्की दिएको आरोप लागेको छ ।  

गत शनिबार एक कार्यक्रममा खानले यी संस्थाबारे विवादास्पद अभिव्यक्ति दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खानका समर्थकहरूले उनको  घर बाहिर भेला भएर इमरानलाई गिरफ्तार गरिए कब्जा गर्ने चेतावनी दिएका छन् ।

अप्रिलमा सत्ताच्युत भएपछि खान सरकार र देशको सेनाको प्रखर आलोचक  बनेका छन् ।  पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना नजिकका सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो  

९. सिंगापुरले समलिंगीलाई प्रतिबन्ध लगाउने कानुनलाई रद्द गर्ने  

सिंगापुरले समलिंगीलाई प्रतिबन्ध लगाउने कानुनलाई रद्द गर्ने भएको छ । प्रधानमन्त्री ली सिएन लुङले राष्ट्रिय टिभीमा घोषणा गरेको यो निर्णय वर्षौंको चर्को बहसपछि आएको हो ।

सिंगापुरमा एलजीबीटी कार्यकर्ताहरूले यो कदमलाई  ‘मानवताको लागि जित’ भनेर स्वागत गरेका छन् । सहर–राज्य यसको रूढिवादी मूल्यहरूका लागि परिचित छ, तर हालका वर्षहरूमा बढ्दो संख्यामा मानिसहरूले औपनिवेशिक युगको ३७७ ए  कानूनलाई खारेज गर्न आह्वान गरेका छन् । 

१०. पाहुना टोली न्युजिल्याण्डले वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज जित्यो ।

पाहुना टोली न्युजिल्याण्डले वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज जितेको छ  बारबाडोसमा   आज  बिहान भएको खेलमावेस्ट इण्डिजलाई ५ विकेटले  पराजित गर्दै  न्युजिल्याण्डले तीन खेलको सिरिज २–१ ले जितेको हो ।

वेस्ट इण्डिजले   दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको  न्युजिल्याण्डले ४७ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गत्यो ।   उसका लागि टोम लेथम, ड्रयाल मिचेल,मार्टिन गप्टिलडेभोन कन्वेले अर्धशतकीय ईनिङ खेले ।कप्तान लेथमले ६९ रन, मिचेलले ६३, गप्टिलले ५७ तथा कन्वेले ५६ रन बनाए ।

जेम्स निसमले अविजित ३४ रन तथा मिचेल बार्किवेलले अविजित १४ रन बनाए ।घरेलु टोलीका लागि जासन होल्डर र यानिक कारिकले समान २-२ विकेट लिए । अल्जारी जोसेपले १ विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १ रन बनाएको थियो । 


.


 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १ : ३८ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन