उपत्यकामा एकै दिन मापसे गरी सवारी चलाउने १७६ चालकमाथि कारबाही | Khabarhub Khabarhub

उपत्यकामा एकै दिन मापसे गरी सवारी चलाउने १७६ चालकमाथि कारबाही


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन ३ हजार २०९ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई आइतबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १७६ जना सवारी चालक रहेका छन् ।

यस्तै, लेन अनुशासन पालना नगर्ने ८९, रेड लाइटमा सवारी साधन चलाउने ९०, निषेधित क्षेत्रमा हर्न बजाउने ८४, नम्बर प्लेट राम्रोसँग नराख्ने २४ जना सवारी चालकलाई पनि कारबाही गरिएको छ ।

बाँकी २ हजार ७४६ जनालाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १२ : ०४ बजे

बाँकेको जमुनाहा नाका तीन दिन बन्द हुने

नेपालगञ्ज – बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द

कांग्रेसले मागेको छानबिन समिति होइन, सरकार हो : एमाले 

काठमाडौं– नेकपा एकालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले गृहमन्त्रीमाथि

प्रधानमन्त्रीसँग यादव असन्तुष्ट, उपप्रधानमन्त्री बन्न सक्छन् राई

काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनपछि केन्द्र सरकारमा पनि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

रुपन्देही – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य

आगामी बजेट दलितमैत्री बनाउन माग

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दलित समुदायका नेताहरुले