सर्पको बिगबिगी बढ्दो | Khabarhub Khabarhub

सर्पको बिगबिगी बढ्दो


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– असार मध्यसम्मको सघन वर्षा र त्यसयताको चर्को घामले जिल्लाको उत्तरीक्षेत्रमा सर्पको बिगबिगी निकै बढेको छ । असार मध्यअघिको बर्खाको पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको बिगबिगी बढेको हो । 

बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा अहिले सर्पदंशको उपचार लिन आउने दिनदिनै थपिँदै छन् । सामान्यतया सघन वर्षासँगै दुलामा पानी भरिँदा र चर्को गर्मीमा शीतल ताप्न सर्प दुलाबाट बाहिर आउँछन् । दुवै कारण ग्रीष्म र बर्खामा पर्ने भएको हुँदा अहिले सर्पको बिगबिगी बढेको हो । यही साउन महिनाको पहिलो साता पूरा नबित्दै केन्द्रमा २३ जना सर्पदंशका बिरामी उपचार लिन आइसकेका छन् ।

हालसम्म उपचारका लागि आएका २३ सर्पदंशका बिरामीमध्ये एक घटनामात्र अति विषालु करेतले डसेको घटना पाइएको केन्द्रले जनाएको छ । अन्य २२ कडा विष नभएका सर्प/बिच्छीको टोकाई भेटिएको केन्द्रका उपचार प्राविधिक टोलीका प्रमुख इन्द्रबहादुर केसीले बताए ।

सामान्यतया कडा विष नहुने सर्प र बिच्छीले टोक्दा पनि त्यो नचिन्दा टोकाइमा पर्ने आत्तिएर बढी गम्भीर हुने गरेका उपचार प्राविधिक टोलीको अनुभव छ । पछिल्लो पटक असार मध्यउताको सघन वर्षा र त्यसयताको चर्को गर्मी छल्न सर्प दुलाबाट निस्कने क्रमसँगै घटना बाक्लिएका हुन् । सर्पदंशका घटनामा ६० प्रतिशत महिला पर्ने गरेका छन् । घाँसपातको काम गर्दा र शौचालय नहुँदा अध्याँरोमा दिसापिसाव गर्न बाहिर निस्कँदा मधेसमा सर्पदंशका घटनामा महिला बढी पर्ने गरेका सर्पदंश उपचार केन्द्र सञ्चालक समिति बर्दिबास–३ गौरीडाँडाका अध्यक्ष कृष्ण देवकोटाको भनाइ छ ।

जिल्लाको बर्दिबास नगरपालिकाका वडा नं १, २, ३, ४ र १४ सर्पको समस्या बढी भएको पाइन्छ । त्यसैगरी जिल्लाका गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना बाक्लै हुने ठाउँमा पर्ने उनको भनाइ छ । सर्पले टोकेका बिरामी बर्दिबासबाहेक अन्यत्र पनि उपचार लिन जाने हुँदा आफ्नो केन्द्रमा दर्ता  भएभन्दा निकै बढी घटना हुने गरेका उनी बताउँछन् । पछिल्लोपटक यसै साउनको पहिलो साताकै प्रारम्भमा जिल्लाकै गौशालास्थित प्राथमिक स्वास्थ्योपचार केन्द्रले पनि सर्पदंशको उपचार सेवा दिन थालेपछि त्यसभेगका बिरामी आउन केही कमी भएको केन्द्रले जनाएको छ ।

विसं २०७१ साउन ३१ गते स्थापना भई सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र बर्दिवास–३ मा यसको व्यवस्थापन गर्ने समुदायस्तरको सञ्चालक समिति र उपचारमा खटिने नेपाली सेनाका दक्ष छ जना प्राविधिक कार्यरत छन् ।

केन्द्रले सेवा सञ्चालन भएदेखि गत असार मसान्त (आव २०७८/७९ को अन्त्य) सम्म दुई हजार ८८१ सर्पदंशका बिरामीको सफल उपचार गरिसकेको छ । आव २०७८/७९ मा ९७७, आव २०७७/७८ मा ३०७, आव २०७६/७७ मा २७४, आव २०७५/७६ मा ३१९, आव २०७४/७५ मा २९६, आव २०७३/७४ मा २७३, आव २०७२/७३ मा २७० र आव २०७१/७२ मा १६५ जना रहेका केन्द्रले जनाएको छ ।

केन्द्रमा उपचारका लागि नेपाली सेनाले उपलब्ध गराएका दक्ष प्राविधिक र औषधि (एन्टी स्नेक भाइल)  हरदम तयार अवस्थामा रहे पनि भेन्टिलेटर नहुँदा कतिपय गम्भीर अवस्थाका बिरामीलाई अन्यत्र रेफर गर्नुपरेको केन्द्रले जनाएको छ ।

केन्द्रले पछिल्लो एक महिना (२०७९ असार) देखि एम्बुलेन्स सेवा दिन थालेको छ । गम्भीर प्रकृतिका भेन्टिलेटरमा सघन उपचार गरिनुपर्नेलाई त्यस्तो सेवा दिने अस्पतालसम्म पुर्‍याउन र घटना भएको थाहा पाउनासाथ बिरामीलाई यथाशक्य चाँडै केन्द्रमा ल्याई पुर्‍याउन एम्बुलेन्स सेवा दिन थालिएको अध्यक्ष देवकोटाले जानकारी दिए ।

केन्द्रमै वा बर्दिबास अस्पतालमा भेन्टिलेटर प्रबन्धका लागि बर्दिबास नगरपालिका र स्वास्थ्य मन्त्रालयमा पटकपटक आग्रह गरिँदै आइए पनि हालसम्म यो सेवा दिन नसकिएको केन्द्रका अध्यक्ष देवकोटा बताउँछन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  २ : १२ बजे

‘एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग गर्छ’

काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा

११ मन्त्रीको सम्पत्ति गुपचुप (सूचीसहित)

काठमाडौं- सुशासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको टी–२०