ओमानका लागि नवनियुक्त नेपाली राजदूत अर्यालले सम्हाले कार्यभार  | Khabarhub Khabarhub

ओमानका लागि नवनियुक्त नेपाली राजदूत अर्यालले सम्हाले कार्यभार 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – ओमानका लागि नवनियुक्त नेपाली राजदूत डोरनाथ अर्यालले नेपाली दूतावास मस्कटमा पदभार ग्रहण गरेर कार्यभार सम्हालेका छन् ।

बिहिबार अपरान्ह दूतावासमा राजदूत अर्याललाई दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए । त्यसक्रममा नियोग उपप्रमुख सोमेश थापाले दूतावासको कामकारबाहीबारे अवगत गराएका थिए ।

राजदूत अर्यालले सेवाग्राहीको सर्वोपरी हितमा केन्द्रित रहेर दूतावासको सेवा प्रवाहलाई आवश्यकता अनुरूप थप चुस्त बनाउन निर्देशन दिए । आगामी दिनमा नेपाल-‌ओमानबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै उपलब्ध स्रोत र सम्भावनाहरूलाई नेपाल र नेपालीहरूको हितमा काम गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

मस्कट अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राजदूत अर्यालसहित उनकी श्रीमती स्वदेश अर्याल र छोरा नोबलश्री अर्याललाई ओमानका परराष्ट्र मन्त्रालयका शिष्टाचार महाशाखाका कर्मचारी, मस्कटस्थित अन्य राजदूतहरू एवम् कूटनीतिक कर्मचारी र नेपाली दूतावासका कर्मचारी र नेपाली सोसल क्लब ओमानका अध्यक्ष विकल झा लगायतले स्वागत गरेका थिए ।

यसअघि तत्कालीन केपी शर्मा ओलीको सरकारले सर्मिला पराजुली ढकाललाई ओमनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । उनको कार्यकाल सकिए पनि सरकारले नयाँ राजदूत नियुक्ति नगर्दा उनले नै हालसम्म कार्यभार सम्हालेकी थिइन ।

नयाँ राजदूत गएपछि सर्मिला स्वदेश फर्किएकी थिइन । अहिले उनलाई देउवा सरकारले स्पेनका लागि राजदूत बनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ६ : ३३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र