दोर्दी खोलाको आईपीओ बाँडफाँड आज | Khabarhub Khabarhub

दोर्दी खोलाको आईपीओ बाँडफाँड आज


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ।

जेठ २६ गते निष्काशन गरेको आईपीओ बिहान ९ बजे बाँडफाँट गर्न लागिएको कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा १ करोड ७९ लाख ३३ हजार ७० कित्ता सेयरको लागि आवेदन परेको छ। यसमा केहि आवेदन रद्द भएका छन्। यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता शेयरको ८.८५ गुणा बढी हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : ३६ बजे

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

हेटौंडा– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आज सुरु हुँदैछ । बैठक

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरोको बैठक आज बस्दैछ । पार्टीको

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने

यस्तो बन्दैछ आईपिएल प्लेअफ समीकरण

कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको प्लेअफमा प्रवेश

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

चितवन– चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको