तुलसीपुर उपमहानगनगरको मेयर उपमेयरमा एमालेको अग्रता | Khabarhub Khabarhub

तुलसीपुर उपमहानगनगरको मेयर उपमेयरमा एमालेको अग्रता


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिएका छन् । उनले हालसम्म १५ हजार ४०५ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत पाएका छन् ।

उपप्रमुखमा पनि एमालेको अग्रता छ । एमालेका तर्फबाट उपप्रमुखका उम्मेदवार स्यानी चौधरीले १४ हजार ६१५ मत प्राप्त गर्दा गठबन्धनको तर्फका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानाले १० हजार ८९२ मत प्राप्त गरेका छन् ।

वडाको पछिल्लो अपडेट
वडा नं ७ र ९ मा कांग्रेस विजयी भएको छ । वडा नं ७ मा कांग्रेसका रामबहादुर जिसी दुई हजार ४०५ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी एमालेका डिल्लीराज भण्डारीले एक हजार ७९२ मत ल्याए।

वडा नं ९ मा कांग्रेसका घनश्याम ढकाल एक हजार नौ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका वामदेव न्यौपानेले ९८६ मत प्राप्त गरे । अहिलेसम्म तुलसीपुरका नौवटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । अहिले तुलसीपुर १०, ११ र १२ को मतगणना भइरहेको छ ।

तुलसीपुरमा यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजय हासिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १० : १४ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा