‘नाइँ नभन्नु ल ६’ मा आँचल | Khabarhub Khabarhub

‘नाइँ नभन्नु ल ६’ मा आँचल


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विकास आचार्यले निर्देशन गर्ने ‘नाइँ नभन्नु ल’ को छैटौँ श्रृंखलामा अभिनेत्री आँचल शर्मा अनुबन्धित हुने भएकी छन् ।

आँचल बाहेकका अन्य कलाकार भने छनौट नभएको निर्देशक आचार्यले बताए। ‘मौखिक सहमति भइसकेको छ । हाम्रो टाइममा आँचलले सहमति जनाएकी छिन’ निर्देशक आचार्यले भने । यही सिरिजको चौथो शृंखला मार्फत डेब्यु गरेकी आँचलले ‘वर एण्ड वधु’ को छायांकन सकाएपछि  यसमा काम गर्नेछिन् ।

यस्तै, ‘नाइँ नभन्नु ल’ को दोस्रो सिरिजबाट काम गर्दै आइरहेका अनुभव रेग्मी यो सिरिजमा नहुने भएका छन् । अनुभव यो फिल्ममा गेस्ट आर्टिस्टको रुपमा मात्र जोडिने सम्भावना छ । फिल्ममा सलोन बस्नेत पनि हुने भनिएको छ । यद्यपि यस विषयमा निर्देशक आचार्यले स्क्रिप्टको काम सकिएपछि मात्र जानकारी दिने बताए ।

हामी सम्पूर्ण कलाकारहरुको लाइन-अप स्क्रिप्टको काम सकिएपछि मात्र गर्छौँ’ निर्देशक आचार्यले भने । भदौको दोस्रो साताबाट सुरु गरिने ‘नाइँ नभन्नु ल ६’ मा निर्देशक आचार्यले आफ्नो कथलाई समिप्याराज तिमल्सेनासँग मिलेर पटकथाको स्वरूप दिइरहेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ५० बजे

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको