आगामी निर्वाचनमा बहुमत ल्याउँछौँः अध्यक्ष ओली « Khabarhub

आगामी निर्वाचनमा बहुमत ल्याउँछौँः अध्यक्ष ओली


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् ।

मंगलबार काठमाडौँमा समाजवादी जनता पार्टीलाई समाहित तथा अभिनेत्री करिष्मा मानन्धरलगायतलाई एमालेमा प्रवेश गराउँदै ओलीले यस्तो बताएका हुन् ।

उनले निर्वाचनको तयारीमा जुट्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

एमाले सरकारमा आएपछि मुलुकको विकासको कामले तीव्रता पाउने उनको भनाइ छ ।

अध्यक्ष ओलीले अहिले मुलुकको हरेक क्षेत्रबाट एमाले प्रवेश गर्नेको लहर नै चलेको भन्दै पार्टीमा प्रवेश गर्ने कसैमाथि भेदभाव नगरिने विश्वास दिलाए ।

उनले एमालेलाई सरकारबाट हटाइएपछि मुलुकको विकास निर्माण प्रभावित भएको दाबी गरेका छन् ।

उनले अदालतको परमादेशबाट एमालेलाई सरकारबाट हटाएपछि विकास निर्माणको काम अवरुद्ध हुन पुगेको पनि बताए ।

ओलीले हुलाकी राजमार्ग, मधेशका जिल्ला सदरमुकाम जोड्ने सडक विस्तार तथा स्तरोन्नति, पूर्व–पश्चिम राजमार्गको विस्तार, सुनकोसी मरिन डाइभर्सनको सुरुवात र फुसका छाना हटाउने अभियानको सुरुआत एमालेले नै गरेको दाबी पनि गरे ।

एमाले प्रवेश गर्दै समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले देश र जनताप्रति केन्द्रीय भएर काम गर्न एमाले फर्किएको बताए ।

उनले १५ वर्षअघि एक्लै एमालेबाट अलग भएको भन्दै अहिले टिम ल्याएर आएको धारणा राखे ।

कार्यक्रममा अध्यक्ष ओलीले अन्य दलका नेता तथा कार्यकर्तालाई पनि पार्टीमा प्रवेश गराएका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ६ : २५ बजे

गठबन्धन बैठक: साझा धारणा तय गर्न कार्यदललाई निर्देशन

काठमाडौं– सत्ता गठबन्धनले सिट बाँडफाँड कार्यदललाई त्यसबारे साझा धारणा तय

  लमजुङमा रोपाइँजात्राकाे रमझम

लमजुङ– सदरमुकाम बेसीसहरमा शुक्रबार नेवार समुदायमा प्रचलित रोपाइँजात्रा निकालिएको छ

बंगलादेशमा चीनबाट तस्करी गरी ल्याइएका २७ सय कार्टुन विदेशी मदिरा बरामद

काठमाडौँ- बंगलादेशमा चीनबाट तस्करी गरी ल्याइएका २७ सय कार्टुन विदेशी

‘पाकिस्तानमा महिला सञ्चारकर्मी हिंसा र सेन्सरसिपको जोखिममा’

काठमाडौँ– पाकिस्तानमा महिला सञ्चारकर्मीहरु आक्रमण र सेन्सरसिपको बढ्दो जोखिममा रहेको

नौ दिन आठ रात मनाइने भक्तपुरको गाईजात्रा सम्पन्न

भादगाउँ– नौ दिन आठ रात मनाइने भक्तपुरको गाईजात्रा आज सम्पन्न