सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि | Khabarhub Khabarhub

सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्बभन्दा माथि पुगेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार २०७८ साउनदेखि माघ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख ४७ हजार रुपैयाँको रहेको छ ।

चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालले विभिन्न देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको वस्तु आयत गरेको छ ।

सोही अवधिमा नेपालले एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँको वस्तु निर्यात गरेको विभागले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार ४६।४३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को पहिलो सात महिनामा नेपालको कूल वैदेशिक व्यापार ८ खर्ब ७३ अर्ब ५६ करोड २ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

विभागका अनुसार यो वर्षको पहिलो सात महिनामा नेपालको आयत व्यापार ४२।७८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालले ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख ९२ हजार रुपैयाँको वस्तु आयात गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको निर्याता व्यापार ८८.३० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो साता महिनामा नेपालले ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ५ : १५ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन