विश्वकप छनोट यात्रा : सेमिफाइनलमा आज यूएईसँग खेल्दै नेपाल | Khabarhub Khabarhub

विश्वकप छनोट यात्रा : सेमिफाइनलमा आज यूएईसँग खेल्दै नेपाल


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गरेको नेपालले आज यूएईविरुद्ध खेल्दै छ।

मंगलबार अर्थात् आज ओमानको अल अमेरातमा नेपालले सेमिफाइनलमा यूएईको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ।

विश्वकप छनोट हुने लक्ष्य बोकेको नेपालका लागि मंगलबारको खेल महत्वपूर्ण छ। नेपालले यसअघिको जस्तै शतप्रतिशत खेल प्रदर्शन गर्दै फाइनल पुग्ने लक्ष्य लिएको कप्तान सन्दीप लामिछानेले बताएका छन्।

यूएईलाई पराजित गर्दै नेपाल फाइनल पुगे आगामी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुनेछ।

यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो। त्यसपछि नेपाल छनोट हुन सकेको छैन। नेपाल र यूएईको पछिल्लो हेड टु हेड बराबरीको स्थितिमा रहेको छ।

कम्तान सन्दीपले मंगलबारको खेलमा टिम लयमा रहने प्रष्ट पारे। ‘हाम्रो तर्फबाट अहिलेसम्म शतप्रतिशत दिएका छौँ’, सन्दीपले भने, ‘त्यसरी नै यूएईविरुद्ध पनि ज्यु ज्यान लगाएर नेपाललाई विश्वकपमा छनोट गराउने छौँ।’

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ६ : ५८ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन