हिउँमा खेल्दै पाथीभराको दर्शन, तीर्थयात्रीको आवतजावत बढ्यो | Khabarhub Khabarhub

हिउँमा खेल्दै पाथीभराको दर्शन, तीर्थयात्रीको आवतजावत बढ्यो


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको सदरमुकाम नजिक पाभीभरा र सुकेटार विमानस्थल क्षेत्रमा बाक्लो हिमपात भएको छ ।
विहीबारदेखि सुरु भएको वर्षासँगै तीन हजार ७०० मिटरमा अवस्थित पाथीभारा र २४ सय सय मिटर उचाई रहेको सुकेटार क्षेत्रमा बाक्लो हिमपात भएको हो ।

प्रसिद्ध धार्मिक स्थल पाथीभरा र पर्यटकीय क्षेत्रको रुपमा रहेको सुकेटार क्षेत्रमा धेरै वर्षपछि हिमपात भएको स्थानीयले बताएका छन् ।

पाथीभरा क्षेत्रमा हिमपात भएसंगै हिउँमा खेल्दै पाथीभराको मन्दिरको दर्शन गर्ने तीर्थयात्रीहरुको संख्या बढ्दै गएको छ ।
विहीबार ६० जना, शुक्रबार ५० जना तीर्थयात्रीले हिउँमा खेल्दै पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । शनिबार करिब २०० जना तीर्थयात्रीहरु आएको समितिले जनाएको छ ।

यता फुङ्लिङबजार नजिक सुकेटारमा हिउँ परेसंगै शुक्रबार र शनिवार हिउँ खेल्नेको भीड लागेको छ । ताप्लेजुङका आएको समयमा सुकेटर क्षेत्रमै हिउँ खेल्ने अवसर पाउँदा खुसी लागेको धरानका सन्दीप लिम्बूले बताए । हिमपाताको समयमा पाभीभरा मन्दिरको दर्शनसंगै प्राकृतिक मनमोहक दृश्यको अवलोकन समेत गर्न सकिने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताए ।

‘पुस महिनादेखि फागुनसम्म पाथीभरा क्षेत्रमा हिउँको आनन्द लिँदै पाथीभरा माताको दर्शन गर्न सकिन्छ । तीर्थ यात्रीहरुका लागि क्षेत्र विकास समितिले सहयोगी कर्मचारीहरुले सहयोग गर्ने छ ।’ हिमापातको समयमा हिउँमा खेल्दै पाथीभरामा पूजापाठ गर्ने आउने तीर्थयात्रीहरुको संख्या बढ्दै गएको काफ्लेको भनाइ छ ।

यता जिल्लाको उच्च हिमाली क्षेत्रमा धेरै बाक्लो हिमपात भएको छ । हिमाली बस्ती ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फले, तोक्पेगोला, ग्याब्ला लगायतमा दुई फिट बढी हिउँ थुप्रिएको स्थानीयले बताएका छन् । हिमपात र वर्षा भएपछि चिसोका कारण भने जिल्लाको जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ६ : १७ बजे

आचारसंहिता उल्लङ्घन गरेका मिलन लिम्बुलाई आयोगले स्पष्टीकरण सोध्ने

काठमाडौं  – इलाम क्षेत्र नं. २ को उपचुनावमा निर्वाचन आचारसंहिता

आगामी वर्षको बजेट सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको नीति तथा

युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने अमेरिकाको घोषणा

काठमाडौं– अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग दिने घोषणा गरेको

इलाममा कसले जित्ला ? ‘एक्जिट पोल’ नै रद्द !

काठमाडौं- अन्तरराष्ट्रिय अभ्यास अनुसार चुनावको सर्वेक्षण दुई किसिमबाट हुन्छ ।

बागलुङ कालिकामा ४० लाख भेटी संकलन

बागलुङ– गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा