५० जिल्लाका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइँदै | Khabarhub Khabarhub

५० जिल्लाका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइँदै


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ५० जिल्लाका पाँचदेखि १२ वर्षसम्मका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिन थालिएको छ ।

दोस्रो चरण अन्तर्गत कोभिडविरुद्धको फाइजर खोप प्रदेश १ को भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर मधेश प्रदेशको बारा, रौतहट र सर्लाही, बागमती प्रदेशको रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकको जिल्लाका बालबालिकालाई लगाइँदैछ।

त्यस्तै गण्डकी प्रदेशको  बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा, तनहुँ, लुम्बिनी प्रदेशको कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र रुकुम पूर्व  कर्णाली प्रदेशको रुकुम पश्चिम, सल्यान, रोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख, जाजरकोट र सुदूरपश्चिम प्रदेशको अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलामा खोप दिइने मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो मात्रा खोप २७ भदौदेखी १ असोजसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ११ : ३९ बजे

गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान

तनहुँ – तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी

निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

दोलखा । निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा ६ जनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

टीकापुरलाई बालविवाहमुक्त पालिका बनाइने

टीकापुर – टीकापुर नगरपालिकालाई विसं २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाइने