प्रधानमन्त्री देउवाले दिए भारतकी नवनिर्वाचित राष्ट्रपति मुर्मूलाई बधाई | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवाले दिए भारतकी नवनिर्वाचित राष्ट्रपति मुर्मूलाई बधाई


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले भारतकी नवनिर्वाचित राष्ट्रपति दौपद्री मुर्मुलाई बधाई दिएका छन् ।

भारतीय राष्ट्रपतिमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मु विजयी भएपछि देउवाले ट्वीटरमार्फत बधाई दिएका हुन् ।

उनले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

भारतीय सञ्चारमाध्यका अनुसार सोमबार सम्पन्न राष्ट्रपतीय निर्वाचन अन्तर्गत मतगणनाको तेस्रो चरणको मतपरिणाम आएसँगै द्रौपदी विजयी हुन् ।

मुर्मुले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी हुन् । तेस्रो चरणको मतगणना सकिँदासम्म मुर्मुले जितका लागि आवश्यक ५० प्रतिशत मत ल्याइसकेको भारतीय समाचार पोर्टल इण्डियन एक्सप्रेसले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ९ : ५४ बजे

मेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१