एक वर्षमा एक लाख ९० हजार बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमे | Khabarhub Khabarhub

एक वर्षमा एक लाख ९० हजार बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमे


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – गत आर्थिक वर्ष २०७८/७९ मा एक लाख ९० हजार ४५८ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । दुर्लभ एकसिंगे गैंडालगायतका वन्यजन्तु हेर्नका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटकहरु चितवन आउने गर्छन् ।

निकुञ्जभित्र जिप सफारी र डुंगा सफारी गर्न आन्तरिक ९नेपाली०, सार्क मुलुक र विदेशी मुलुकका पर्यटक आउने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जभित्र हात्ती सफारी भने हुँदैन । पर्यटन व्यवसायीहरुले मध्यवर्ती सामुदायिक वनमा मात्रै पर्यटकलाई हात्ती सफारी गराउने गर्छन् ।

निकुञ्जका अनुसार गत आवमा एक लाख ५५ हजार ६७१ नेपाली पर्यटकले निकुञ्ज घुमे । त्यस्तै, सार्क मुलुकका १९ हजार ९७९ र सार्क मुलुक बाहिरका १४ हजार ८०८ पर्यटकले निकुञ्ज घुमेको देखिन्छ ।

निकुञ्ज घुम्नका लागि नेपाली पर्यटकलाई १५० रुपैयाँ, सार्क मुलुकका पर्यटकलाई ५०० रुपैयाँ र सार्क मुलुक बाहिरका पर्यटकलाई दुई हजार रुपैयाँ शुल्क लाग्छ ।

गत आवमा निकुञ्जभित्र घुम्ने पर्यटकबाट निकुञ्जले सात करोड २९ लाख ४५ हजार ६५० रुपैयाँ आम्दानी गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

त्यस्तै, जीप सफारीबाट दुई करोड ७८ लाख ८० हजार र डुंगा सफारीबाट १५ लाख ७३ हजार २०० रुपैयाँ आम्दानी भएको उनले बताए ।

गत आवको साउन र भदौमा जीप सफारी र डुंगा सफारी भएको थिएन । दुई महिनामा चार हजार ८८३ पर्यटकले मात्रै निकुञ्ज अवलोकन गरे । पर्यटनका लागि निकुञ्जको मुख्यालय कसरामा घडीयाल गोही प्रजनन केन्द्र स्थापना गरिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ९ : २४ बजे

सत्तापक्षले सदन कब्जा गर्न खोज्नु लज्जास्पद : पुष्पकुमार शाही

काठमाडौं– नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले सत्ता पक्षबाट नै सदन

भागबन्डा नमिल्दा कोशी सरकार बिस्तार अन्योलमा, आर्थिक मामिलामा अड्कियो हलो

विराटनगर– सत्ता साझेदार दलहरूबीच भागबन्डामा कुरा नमिल्दा कोशी प्रदेशको मन्त्रिमण्डल

कांग्रेसको निर्णय : रविलाई बोल्न दिने, विपक्षीले सामुहिक प्रतिवाद गर्ने

शुक्रबार बिहान आयोजित का‌ंग्रेस संसदीय दलको बैठक काठमाडौं- नेपाली कांग्रेस

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात हुन्छ : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट