'वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छ' | Khabarhub Khabarhub

‘वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छ’


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडुले औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन नीतिगत सुधार गरिने बताएका छन्  । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आज आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप’ विषयक कार्यशालाको उद्घाटन गर्दै उनले रुग्ण अवस्थाका उद्योग पुनः सञ्चालनका लागि कार्यविधिसहित कार्यक्रम बनाउन लागिपरेको र अर्को महिनाभित्रै त्यसलाई पूर्णता दिइने बताए ।

उनले बजारलाई सुरक्षित र भरपर्दो बनाउनेबारे विज्ञसँग छलफल गरेर उपयुक्त ढाँचा तयार गरिने उल्लेख गरे । उद्योगमन्त्री बडुले बजारमा हल्ला भएजस्तो श्रीलङ्का भइहाल्ने अवस्था नरहेको तर सजग हुनुपर्ने अवस्था रहेको भन्दै सुजबुझका साथ नीति, योजना कार्यक्रम अघि बढाइनुपर्नेमा जोड दिए।

उनले एनआरएनए सदस्यलाई नेपाली सरह लगानी गर्ने वातावरण बनाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे । ‘एनआरएनए सदस्यका लगानी आकर्षित गर्न सहजीकरण गरिन्छ । ठूलो लगानी भित्र्याउन  तपाईँहरू सक्रिय भइदिनुस्’, मन्त्री बडुले भने । उनले राष्ट्रिय उत्पादन बढाउने र रोजगारी सिर्जना गाउँदेखि सहरसम्म विस्तार गर्न बजेट कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने विश्वास व्यक्त गरे ।

अर्थ मन्त्रालयका सहचिव रमेशकुमार केसीले आधुनिकता र विकासको साझेदारका रुपमा रहेको एनआरएनलाई सरकारले लिएको भन्दै विदेशी मुद्रामा निक्षेप राख्न पाउने प्रावधान ल्याइएको र देशभित्र लगानी सहजिकरणका लागि मन्त्रालय तयार रहेको बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकार र निजी क्षेत्रले दुवै सक्रिय हुनुपर्ने खाँचो औँल्याए । उनले श्रमिकले १० प्रतिशत शेयर भर्न पाउने व्यवस्था भदौ भित्रै कार्यान्वयनमा ल्याउनेगरी आवश्यक तयारी भइरहेको जानकारी दिए । नेपाल बैंकर एसोसिएशनका पूर्वअध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वैदेशिक पुँजीको राम्रो स्रोत एनआरएनएको लगानी भए पनि बढीभन्दा बढी रेमिट्यान्स भित्र्याउन नीतिगत सुधार जरुरी भएको उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै पर्यटन पूर्वाधार, जलविद्युतलगायत क्षेत्रमा लगानी भित्र्याउन एनआरएनएलाई आग्रह गरे । उनले बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स भित्र्याउने वातावरण सिर्जना गर्न पनि आग्रह गरे। 

रेमिट्यान्स एशोसिएसनका अध्यक्ष चन्द्र टण्डनले बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स नेपाल भित्र्याउने वातावरणका लागि एनआरएनएले सहजीकरण गरिदिन आग्रह गरे । एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले एनआरएनएलाई नेपालीसरह लगानी गर्ने वातावरण सहजीकरण गरिदिन सम्बन्धित मन्त्रालयलाई आग्रह गरे । एनआरएनएका अध्यक्ष डा बद्री केसीले लामो समयदेखि उठाउँदै आएको एनआरएनएले नेपाली सरह लगानी गर्न पाउने वातावरण सुनिश्चित हुन लागेकामा खुसी व्यक्त गरे।

थप श्रम गन्तव्य खोलिँदै

यसअघि कार्यशालाको पहिलो सत्रको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अन्तर्राष्ट्रिय श्रम गन्तव्य बजार क्रमशः खोल्दै त्यसलाई सुरक्षित र व्यवस्थित गरिने बताए । उनले नयाँ श्रम बजारलाई सुरक्षित र भरपर्दो बनाउनेबारे विज्ञसँग छलफल गरेर उपयुक्त ढाँचा तयार गरिने उल्लेख गरे।

श्रममन्त्री कुँवरले भने, ‘श्रम बजार खुला गर्नुको विकल्प छैन तर यसलाई सहज, सुरक्षा र पारिश्रमिकको सुनिश्चिततालाई हामीले एकदमै प्राथमिकताका साथ अघि बढाउनुपर्नेछ ।’ मन्त्री कुँवरले वैदेशिक रोजगारीमा रहेका अनेक विकृति र विसङ्गतिलाई निर्मूल पार्दै श्रम गन्तव्यलाई कसरी सुरक्षित र व्यवस्थित गरिने उल्लेख गरे ।   

 श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै सामाजिक सुरक्षा कोषलाई प्रभावकारी ढङ्गले परिचालन गर्न मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कोष अघि बढाएको जानकारी दिए । उनका अनुसार करिब ४६ लाख श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् भने झण्डै १५ लाख गैरकानुनीरूपमा विदेशमा काम गर्छन् । सरकारले विभिन्न ११ मुुलुकसँग श्रम सम्झौता गरेको छ । अन्य मुलुकसँग पनि थप श्रम सम्झौता गरिने सचिव अर्यालले बताए।

 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ८ : ०० बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल