भूमिहीनलाई जग्गा उपलब्ध गराउन आयोग र स्थानीय तहबीच सम्झौता  | Khabarhub Khabarhub

भूमिहीनलाई जग्गा उपलब्ध गराउन आयोग र स्थानीय तहबीच सम्झौता 


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

खोटाङ – भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने लक्ष्यका साथ राष्ट्रिय भूमि आयोग र खोटाङका १० स्थानीय तहबीचमा सम्झौता गरिएको छ । भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गर्नेदेखि आवश्यक जमिन उपलब्ध गराएर लालपुर्जा वितरणसम्मका कामका लागि भूमि आयोग र स्थानीय तहका प्रमुखबीच सम्झौता भएको हो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने कार्यका लागि दिक्तेलमा आयोजित जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र १० स्थानीय तहका प्रमुख-उपप्रमुखबीचमा २३ बुँदे सम्झौता कायम गरिएको हो ।

सम्झौता–पत्रमा स्थानीय तहले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन र प्रमाणीकरणको काम गर्ने, स्थानीय तहले आयोगसँगको समन्वयमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले बसोबास वा आवाद कमोत गरेका वस्तीको विवरण, प्रत्येक बस्तीका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको अनुमानित घर संख्याको लगत तयार गरी आयोग समक्ष पेश गर्ने लगायतका बुँदा उल्लेख छ ।

लगत संकलनका लागि वडाका विभिन्न स्थानहरु निर्धारण गर्ने र आवश्यक व्यवस्थापकीय प्रबन्ध गर्ने, भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन निवेदन दर्ता भएको जानकारी स्वरुप तथ्यांक प्रविष्टि भएपछि निवेदकलाई निस्सा बुझाउने व्यवस्था मिलाउने, भूमिहीन तथा अव्यवस्थित बसोबासी व्यवस्थापन सहजीकरण समिति गठन गर्ने उल्लेख छ ।

सम्झौता–पत्रमा लगत संकलन कार्यका लागि सेवा केन्द्र प्रमुख तथा तथ्यंक संकलक, तथ्यांक प्रविष्टिकर्ता, नापी कामदाररफिल्ड सहयोगीरजमिन्दार तथा आवश्यक जनशक्ति व्यवस्थापन गर्ने र नापी कार्यालयबाट खटिएका नापी टोलीको कार्यकक्ष व्यवस्थापन गरी आवश्यक कम्प्युटर, प्रिन्टर, स्क्यानर सहितको भूमिहीन दलित, भूमिहीन र अव्यवस्थित बसोबासी सेवा केन्द्र गठन गर्ने, नापी कार्यालयबाट गठन गरिएका नापी टोलीमा रहने गरी नापनक्सा सम्बन्धी कार्य गर्न थप नापी प्राविधिकको व्यवस्था गर्ने, सेवा केन्द्रमा स्थानीय तहले सेवा करार गरेका जनशक्तिको तलब भत्ता लगायतका सुविधा स्थानीय तहले बेहोर्नुपर्ने भनिएको छ ।

कुनै जग्गा आवाद, कमोत नगरेका वा वितरण गर्न नमिल्ने जग्गामा बसोबास, आवाद कमोत गरेका भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई उपलब्ध गराउन सकिने जमिन पहिचान गरी नापनक्सा गर्न स्थानीय तहमार्फत जिल्ला समितिलाई सिफारिस गर्ने जिम्मेवारी स्थानीय तहको छ ।

भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको लागि आधार र मापदण्ड आवश्यक कार्यविधि उपलब्ध गराउने, भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि अनुसारको ढाँचाको निवेदन फारम उपलब्ध गराउनुपर्ने छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको तथ्यांक प्रविष्टि गर्नको लागि सिस्टम उपलब्ध गराउने, सम्बन्धित नापी कार्यालयमार्फत जग्गा नाप नक्सा गर्न नापी टोली खटाउने, ऐन, नियमावली, गठन आदेश र कार्यविधिमा तोकिए बमोजिम अन्य आवश्यक व्यवस्थापकीय कार्य गर्ने उल्लेख छ ।

सम्झौता–पत्रमा आयोग र स्थानीय तहले भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई वितरण र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने जग्गाको पहिचान र छनौट गर्ने, समझदारी–पत्रको अवधि उद्देश्य बमोजिमको काम सम्पन्न नभएसम्मको लागि कायम रहने सम्झौता–पत्रमा उल्लेख छ ।

सम्झौतापत्रमा विघटित भूमि सम्बन्धी समस्या समाधान आयोगसँगको समझदारीमा भए-गरिएका कार्य यसै सहमति पत्र बमोजिम भए गरेको मानिने भनिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ७ : ३० बजे

चितवनका केराले पाउन थाल्यो बजार

नारायणगढ– पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै

‘बर्खा सुरु नहुँदै भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण आवश्यक’

काठमाडौं– कर्णाली प्रदेशका सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जाजरकोट भूकम्पपीडितका लागि

सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक

काठमाडौं- सभामुख देवराज घिमिरेको आह्वानमा अहिले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर

खजुरा– अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन

बालुवाटारबाट फर्किए उपेन्द्र, बालकुमारीमा नयाँ रणनीति बनाउँदै

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री