जिल्ला समन्वय समिति हुम्लाका प्रमुखमा शिवराज शर्मा निर्विरोध निर्वाचित « Khabarhub

जिल्ला समन्वय समिति हुम्लाका प्रमुखमा शिवराज शर्मा निर्विरोध निर्वाचित


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला समन्वय समिति हुम्लाको प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का शिवराज शर्मा सहितको टोली निर्विरोध निर्वाचित भएको छ ।

आजका लागि तोकिएको निर्वाचनका लागि नेकपा एमालेलगायतका अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि सत्ता गठबन्धनका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।

निर्विरोध निर्वाचितले आजै पद तथा गोपनियताको शपथ समेत लिएका छन् । जिल्ला समन्वय समिति हुम्लाको प्रमुख, उपप्रमुखलगायत सबै सात पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्विरोध निर्वाचित नेकपा एकीकृत समाजवादीका शिवराज शर्मा, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलु फडेरा रहेका छन् ।

त्यसैगरी, सदस्यहरुमा नेपाली कांग्रेसबाट सरिता रावत, दीप भण्डारी, कर्णबहादुुर शाही र धीरबहादुुर सिंह निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, नेकपा माओवादी केन्द्रबाट चुदी जाङ्मुु तामाङ,  कर्ण दमाईलगायत विजयी भएका छन् ।  यसअघि जिसस पदाधिकारीको निर्वाचनका लागि तीनदलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ९ : २० बजे

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह