धनगढी उपमहानगरको नीति तथा कार्यक्रम, पूर्वाधार विकासका लागि ‘पूर्वाधार एम्बुलेन्स’ | Khabarhub Khabarhub

धनगढी उपमहानगरको नीति तथा कार्यक्रम, पूर्वाधार विकासका लागि ‘पूर्वाधार एम्बुलेन्स’


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालन गर्ने नीति ल्याएको छ । 

आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मंगलबार धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले नगर क्षेत्र भित्रका सडक लगायतका पूर्वाधारको नियमित मर्मत सम्भार तथा स्तर उन्नतिका लागि मर्मत सम्भार इकाईको गठन गरी पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिने उल्लेख गरे । उप महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार तर्फ अव बन्ने रणनीति सडकलाई ट्राफिकको चाप धान्न सक्ने सडक निर्माण गर्ने नीति लगेको छ । यसैगरी नगरका मुख्य चोकमा आधुनिक ट्राफिक लाईट जडान गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

आगामी आर्थिक वर्ष देखि धनगढी उप महानगरपालिकाले कालोपत्रे सडक निर्माणको काम ठेक्का प्रक्रियाबाट मात्रै गर्ने भएको छ । यस अघि उप भोक्ता समितिबाट पनि कालो पत्रे सडक निर्माण हुने गरेकोमा आगामी आर्थिक वर्ष देखि भने सो नीति हटाएर ठेक्का मार्फत मात्रै कालोपत्रे सडक निर्माण गरिने नीति अवलम्बन गरिएको हो । 

धनगढी उप महानगरपालिकाले आगामी ५ वर्षेलाई ‘हाम्रो धनगढी हामी बनाउँछौं’ महाअभियानको रुपमा मनाउने नीति अवलम्बन गरेको छ । मंगलबार उपमहानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर गोपाल हमालले यस्तो घोषणा गरेका हुन् ।

‘हाम्रो कार्यकाललाई हाम्रो धनगढी हामी बनाउँछौं महाअभियानका रुपमा मनाइने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, नगरको एकीकृत, सन्तुलित, दिगो, योजनावद्ध विकासका लागि मध्यकालीन खर्च संरचना, लैंगिक उत्तरदायी बजेट र दिगो विकासका लक्ष्य स्थायीकरण सहितको पहिलो पञ्च वर्षीय आवधिक योजना ९२०७९/०८०–२०८३र०८४० तर्जुमा गरी कार्यान्वयन गरिने छ ।’

नगरको एकीकृत, सन्तुलित, दिगो र योजनावद्ध विकासका लागि मध्यकालीन खर्च संरचना, लैंगिक उत्तरदायी बजेट र दिगो विकासका लक्ष्य स्थायीकरण सहितको पहिलो पञ्चवर्षीय आवधिक योजना ९२०७९/०८०–२०८३/०८४० तर्जुमा गरी कार्यान्वयनमा ल्याइने नीति कार्यक्रममा उल्लेख छ । 

नगर प्रमुख हमालले प्रस्तुत गरेको नीति कार्यक्रममा ‘जनस्वास्थ्य, सरसफाइ तथा मानव सामर्थ्य विस्तार, कृषि तथा पशुपन्छी उत्पादन, उत्पादकत्व अभिवृद्धि, बजारीकरण, तथा व्यवसायिकरण, गुणस्तरीय शिक्षा, युवा, खेलकुद तथा रोजगारी, प्रतिफलदायी दिगो पूर्वाधार निर्माण तथा सन्तुलित विकास, आर्थिक विकास तथा राजश्व परिचालन, सूचना प्रविधि तथा सञ्चारमा विकास, उद्यम, स्वरोजगार र सहकारिताको विकास, प्रशासनिक पुनर्संरचना तथा संस्थागत सुशासन, भाषा, संस्कृति, कला, साहित्यको संरक्षण, प्रवर्द्धन र विकास, वन तथा वातावरण संरक्षण एवं सामुदायिक वनको दिगो प्रयोगलाई प्राथमिकतामा राखिएको छ । 

उपमहानगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा पर्ती जग्गा अतिक्रमण गरी बनाइएको संरचनाहरू हटाई सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने,  नीति सार्वजनिक जग्गाहरूमा शौचालय, हरियाली सहितका क्याफ्टेरिया, पार्किङस्थल, बालमैत्री उद्यान, गोलपार्क, ध्यान केन्द्र तथा ज्येष्ठ नागरिकमैत्री पार्कहरू निर्माण गरिने कार्यक्रम पनि समेटिएको छ । 

‘सार्वजनिक, निजी, लाभग्राही साझेदारी, लगायत विकास साझेदारी निकाय विकास निर्माणसँग आवद्ध निकायहरूको साझेदारीमा विकास आयोजनाहरू सञ्चालन गर्ने नीतिलाई अवलम्बन गरिनेछ,’ नगर प्रमुख हमालले प्रस्तुत गरेको नीति कार्यक्रममा भनिएको छ, ‘उपमहानगरपालिकाको सन्तुलित, दिगोसमतामूलक विकासका लागि नविन उपायहरूको खोज, अन्वेषण गर्ने अभिप्रायले शोध तथा अनुसन्धानमूलक कार्यलाई प्रोत्साहन दिनुका साथै योजनावद्ध, वैज्ञानिक, अर्थशास्त्री, समाजशास्त्री, मानवशास्त्री तथा भाषिक प्राज्ञ सहितको ‘नगर विज्ञ समुह गठने छ ।’

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ६ : ४३ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव