किन जेल गए सिद्धु ?  | Khabarhub Khabarhub

किन जेल गए सिद्धु ? 


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ३४ वर्ष पुरानो एक सडक दुर्घटनासम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटर समेत रहेका सिद्धुलाई एक वर्षको जेल सजाय सुनाए लगत्तै जेल गएका छन् । 

३४ वर्षको एक घटना, जसले सिद्धुलाई जेल पुर्‍याएको हो । घटना सन् १९८८ डिसेम्बर २७ को दिन गाडी पार्किङ गर्ने निहुँमा सिद्धुको झगडा गुरनाम सिंहसँग भएको थियो,। उनी अस्पताल भर्ना भए । उपचारकै क्रममा ६५ वर्षीय गुरनाम सिंहको मृत्यु भयो । त्यसबेला जिल्ला अदालतले उनलाई गैर नियतवश भएको हत्या भन्दै निर्दोष ठहर गरेको थियो । तर, उच्च न्यायालयले उनलाई दोषी ठहर्‍याएर तीन वर्षको जेल सजाय सुनायो । सर्वोच्चले सन् २०१८ मा सिद्धुलाई निर्दोष सावित गरेको थियो । तर, पीडित परिवारले यस विरुद्ध फेरी अपील दायर गरे । अन्ततः सिद्धुलाई दोषी ठहर्‍याउँदै एक वर्षको जेल सजाय सुनाइएको हो ।

सिद्धुले शुक्रबार साँझ पाटियाला सेन्टर जेल सेशन कोर्टमा आत्मसमर्पण गरेका थिए । त्यहाँ स्वास्थ्य जाँच गरेपछि उनलाई जेल पठाइएको हो । त्यसअघि उनलाई पुस्तकालय परिसरमा राखिएको थियो । तर, पछि कैदी नम्बर तोकेर ब्यारेक नम्बर १० मा राखिएको छ । त्यहाँ उनी सिमेन्टले बनेको पलङमा सुत्नुपर्नेछ । 

अदालतको फैसला लगत्तै सिद्धुले ट्विट गर्दै प्रतिक्रिया दिएका थिए । उनले अदालतको निर्णयलाई सम्मान गर्ने बताएका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ६ : ४७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम