६८२ स्थानीय तहको परिणाम सार्वजनिक : ७१ पालिकाको नतिजा आउन बाँकी | Khabarhub Khabarhub

६८२ स्थानीय तहको परिणाम सार्वजनिक : ७१ पालिकाको नतिजा आउन बाँकी


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार बिहान ५ बजेसम्ममा ६८२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतपरिणाम आउनेक्रम जारी नै छ।

शनिबार बिहानसम्ममा एक महानगर, पाँच उपमहानगरसहित ६८२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको हो। पाँच वटा महानगर र ६ वटा उपमहानगरसहित देशभरका ७१ पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ।

अहिलेसम्म नेपाली कांग्रेसले प्रमुख पदमा ३०४ स्थानमा जित निकाल्दै पहिलो पार्टी बनेको छ। उसले उपप्रमुख पदमा २७९ स्थानमा विजयी हासिल गरेको छ। कांग्रेस अझै १९ स्थानीय तहको प्रमुखमा अगाडि छ भने उपप्रमुखमासमेत १९ नै स्थानमा अग्रता लिएको छ।

दोस्रो दल बनेको नेकपा (एमाले)ले १८६ स्थानीय तहको प्रमुखमा बाजी मारेको छ। उसले १७ तहको प्रमुखमा अग्रता लिएको छ। २१२ स्थानीय तहको उपप्रमुख जितेको एमाले २७ स्थानमा अगाडि छ।

तेस्रो दल बनेको नेकपा (माओवादी केन्द्र)ले ११६ स्थानीय तहको प्रमुख पद जितेको छ भने १२० स्थानमा उपप्रमुख जितेको छ। प्रमुखमा सात स्थानमा अगाडि रहेको माओवादी उपप्रमुखमा आठ तहमा अगाडि छ।

जनता समाजवादी पार्टीले २३ स्थानीय तहको प्रमुख जितेको छ भने ११ स्थानमा अगाडि छ। नेकपा (एकीकृत समाजवादीले १७ पालिकामा प्रमुख जितेको छ भने दुई स्थानमा अग्रता लिएको छ।

तराई केन्द्रित लोकतान्त्रिक समाजवादी पार्टीले १० ठाउँमा प्रमुख पदमा जित्दा ६ ठाउँमा अग्रता कायमै राखेको छ। विभिन्न ठाउँमा स्वतन्त्र र अन्य दलले २६ स्थानीय तह जितेका छन्। यसरी कुल ७५३ स्थानीय तहमध्ये ६८२ पालिकाको मतपरिणाम सार्वजनिक हुँदा ७१ स्थानीय तहको नतिजा सार्वजनिक हुन बाँकी छ।

मधेस प्रदेशका धेरै पालिकाको मत परिणाम आउन बाँकी हुँदा कर्णाली प्रदेशका पालिकाको सबै परिणाम आइसकेको छ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ६ : ५५ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

आईपीएल : आज राजस्थान र पञ्जाव भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

फ्रान्स – प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी

दोलखामा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, ९ जनाको अवस्था गम्भीर

दोलखा– दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको

अर्थतन्त्रको बिग्रँदो स्वास्थ्य र आर्थिक प्रजातन्त्र

म अर्थशास्त्री होइन । अर्थतन्त्रको सञ्चालक पनि होइन । मसँग