एरिक टेक ह्याग म्यान्चेष्टर युनाइटेडको म्यानेजरमा नियुक्त « Khabarhub

एरिक टेक ह्याग म्यान्चेष्टर युनाइटेडको म्यानेजरमा नियुक्त


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यान्चेष्टर युनाइटेड फुटबल क्लबको म्यानेजरमा एरिक टेक ह्याग नियुक्त भएका छन् ।

युनाइटेडले बिहीबार औपचारिक रूपमा ह्याग टोलीको म्यानेजरमा नियुक्त भएको जानकारी दिएको छ ।

यस सिजनको अन्त्यदेखि जुन २०२५ सम्मका लागि ह्याग र युनाइटेडबीच सम्झौता भएको छ ।

‘विगतको चार वर्षमा एरिकले आयक्समा आफ्नो क्षमता प्रमाणित गर्दै आएका छन् । यसले उनलाई युरोपको नै रोमाञ्चक र सफल प्रशिक्षकका रूपमा पनि स्थापित गरेको छ ।’, युनाइटेडका फुटबल निर्देशकले जोन मुर्टोफले बताए ।

टोलीको आक्रमक खेल शैली र युवाप्रतिको लगावले उनको ख्याती अझैँ बढाएको मुर्टोफको भनाइ छ ।

‘मेरो लागि म्यान्चेष्टर युनाइटेडको म्यानेजरमा नियुक्त हुनु सम्मानजनक क्षण हो । म आगामी चुनौतीको लागि पनि उत्साहित छु ।’, नवनियुक्त म्यानेजर ह्यागले बताए ।

आफूलाई क्लबको इतिहास पनि थाहा भएको, क्लब प्रति समर्थकको मायाबारे अवगत भएको र टोलीले पाउन पर्ने सफलताको लागि काम गर्ने ह्यागले बताए । साथै अयाक्सलाई यस सिजनमा सफलतापूर्वक अन्त्य गर्ने सोचमा भएको पनि ह्यागको भनाइ छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ११ : ४३ बजे

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल

जर्मन बुन्डेसलिगा : युनियन बर्लिनमाथि बायर्न म्युनिखको गोलको वर्षा

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा

ओलीको चेतावनी : संविधानमाथि गम्भीर संकट, स्वेच्छाचारिताको बुटले संवैधानिक संरचना कुल्चिन खोजिँदैछ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

जनकपुरधाम– धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

वीरगञ्ज– नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न