एरिक टेक ह्याग म्यान्चेष्टर युनाइटेडको म्यानेजरमा नियुक्त | Khabarhub Khabarhub

एरिक टेक ह्याग म्यान्चेष्टर युनाइटेडको म्यानेजरमा नियुक्त


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यान्चेष्टर युनाइटेड फुटबल क्लबको म्यानेजरमा एरिक टेक ह्याग नियुक्त भएका छन् ।

युनाइटेडले बिहीबार औपचारिक रूपमा ह्याग टोलीको म्यानेजरमा नियुक्त भएको जानकारी दिएको छ ।

यस सिजनको अन्त्यदेखि जुन २०२५ सम्मका लागि ह्याग र युनाइटेडबीच सम्झौता भएको छ ।

‘विगतको चार वर्षमा एरिकले आयक्समा आफ्नो क्षमता प्रमाणित गर्दै आएका छन् । यसले उनलाई युरोपको नै रोमाञ्चक र सफल प्रशिक्षकका रूपमा पनि स्थापित गरेको छ ।’, युनाइटेडका फुटबल निर्देशकले जोन मुर्टोफले बताए ।

टोलीको आक्रमक खेल शैली र युवाप्रतिको लगावले उनको ख्याती अझैँ बढाएको मुर्टोफको भनाइ छ ।

‘मेरो लागि म्यान्चेष्टर युनाइटेडको म्यानेजरमा नियुक्त हुनु सम्मानजनक क्षण हो । म आगामी चुनौतीको लागि पनि उत्साहित छु ।’, नवनियुक्त म्यानेजर ह्यागले बताए ।

आफूलाई क्लबको इतिहास पनि थाहा भएको, क्लब प्रति समर्थकको मायाबारे अवगत भएको र टोलीले पाउन पर्ने सफलताको लागि काम गर्ने ह्यागले बताए । साथै अयाक्सलाई यस सिजनमा सफलतापूर्वक अन्त्य गर्ने सोचमा भएको पनि ह्यागको भनाइ छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ११ : ४३ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न