चोरीको मोटरसाइकल चलाएको आरोपमा वडाअध्यक्ष पक्राउ | Khabarhub Khabarhub

चोरीको मोटरसाइकल चलाएको आरोपमा वडाअध्यक्ष पक्राउ


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चोरीको मोटरसाइकल चलाउने गरेको आरोपमा जाजरकोटका एक वडाअध्यक्ष पक्राउ परेका छन् ।

नलगाड नगरपालिका–१ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका हुन् ।

गत वैशाख ४ गते नलगाडको कल्पतस्थित सडकमा सवारी धनी कागजात नभएको लु. ५९ प ०२१७ नम्बरको मोटरसाइकल बरामद् भएको थियो ।

बरामद् मोटरसाइकल वडाध्यक्ष पुनले चलाइरहेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

वैशाख ६ गते पक्राउ परेका पुनलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

उनले लामो समयदेखि यो माेटरसाइकल चलाउँदै आएको बताइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ८ : ४८ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन