काठमाडौँको मेयरका लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस | Khabarhub Khabarhub

काठमाडौँको मेयरका लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारका लागि नेपाली कांग्रेसबाट ५ जनाको नाम सिफारिस भएको छ । काठमाडौँ महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि ५ जना र उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको हो ।

मेयरका लागि श्रृजना सिंह, हरिप्रभा खड्की, सुशन वैद्य, नीलकाजी शाक्य र प्रगतीमान रञ्जितको नाम कांग्रेसको महानगर समितिले सिफारिस गरेको हो। मेयरका लागि सिफारिसमा परेकी श्रृजना सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन्।

यस्तै उपमेयरमा सुशील ढकाल र अमिता प्रधान शाक्यको नाम सिफारिस भएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार काठमाडौं महानगरपालिकाको मेयर काँग्रेसको भागमा परेको हो ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ३ : ०१ बजे

आज २०८१ साल जेठ २० गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ २० गते आइतबार तदनुसार

एमाले कुनै मोर्चाको पक्षमा छैन : ईश्वर पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

लोकसभाको सातौं चरणको निर्वाचनमा ५८.३४ प्रतिशत मतदान

नयाँदिल्ली – लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन

म्याग्दीलाई गण्डकी प्रदेशस्तरीय तारो खेलको उपाधि

म्याग्दी – गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा म्याग्दी ‘ए’ ले

किमाथाङ्का नाका खुलेपछि स्थानीयको दैनिकी सहज बन्दै

सङ्खुवासभा –चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि