आज २०७८ साल चैत ७ गते सोमबार को राशिफल | Khabarhub Khabarhub

आज २०७८ साल चैत ७ गते सोमबार को राशिफल


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल चैत ७ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

चैत ७ गते सोमबार
मेष : दिन निकै राम्रो रहेको छ। हर्ष मिल्नेछ। खर्च बढ्नेछ। शिक्षामा गरेको श्रम लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। प्रेममा सफलता मिल्नेछ।

वृष : दिन सामान्य राम्रो छ। राजनीतिमा सफलता मिल्नेछ। बोलीमा दोष देखिएको छ। प्रेममा धोका पाइनेछ।

मिथुन : दिन सामान्य राम्रो छ। स्मरण शक्ति बढ्नेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। सवारी साधन चलाउन तीव्र गतिमा नचलाउनुहोला। शिक्षाको लागनीबाट राम्रो आम्दानी हुनेछ। कर्मको फल प्राप्त हुने योग रहेको छ।

कर्कट : आजको दिन सामान्य राम्रो छ। पुराना कुरा नसम्झिएको राम्रो हुन्छ। अतितका पाना पल्टाउँदा रिस उठ्नसक्छ। आफूलाई आफैं सुरक्षित राख्नुपर्ने देखिन्छ। शैक्षिका क्षेत्रमा गरेको लगानीबाट सन्तोष मिल्नेछ।
सिंह : आजको दिन सामान्य मान्नुपर्छ। बन्धुको सहयोग मिल्नेछ। रोगबाट मुक्त हुने समय आएको छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिमा संकट आइलाग्नेछ। विपक्षी शक्तिशाली भएकाले सतर्क रहनुहोला।

कन्या : आजको दिन समान्य छ। प्रतिस्पर्धीहरु आफै निस्तेज हुनेछन्। वैदेशिक लगानीले फाइदा दिनेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ।

तुला : आजको दिन सामान्य राम्रो छ। आफ्नै राशिमा चन्द्रमा पुगेकाले बोलीमा मधुरता रहनेछ। सबै मोहित हुने योग रहेको छ। आर्थिक क्षेत्रमा आय व्याय उस्तै रहनेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

बृश्चिक : दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। बन्धुले असहयोग गर्नेछन्। शिक्षाको क्षेत्र राम्रो छ। प्रेममा तपाईंलाई पछाडि पार्ने सक्रिय भएकाले सचेत रहनुहोला।

धनु : आजको दिन सामान्य राम्रो छ। समाजमा अपवाद सुन्नुपर्ने योग रहेको छ। राजनीतिक क्षेत्रमा सम्मान पाइने छ। व्यापार व्यवसाय राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

मकर : दिन सामान्य राम्रो छ। भाषणमा जाँगर चल्नेछ। सभा सम्मेलनमा राम्रो स्थान ओगट्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। जग्गा सम्बन्धी कारोबार राम्रो हुनेछ।

कुम्भ : आजको दिन सामान्य राम्रो छ। त्रिकोण चन्द्रमा र लग्नमा चन्द्रमा रहेकाले मानसिक रुपमा प्रशन्नता रहने छ। आफन्तले सहयोग गर्नेछन्। प्रेम सम्बन्धबाट राम्रो लाभ मिल्नेछ। आफ्नो बुवाको आज्ञा पालना वा सेवा गर्नुहोला।

मिन : आजको दिन सामान्य राम्रो छ। आज थालेका योजनाले दीर्घकालसम्म प्रभाव पार्नेछन्। प्रतिस्पर्धी पराजित हुनेछन्। आफन्तबाट भने जोगिएर कार्य गर्नुहोला। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ५ : ३६ बजे

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन