एमाले हुम्लाको स्थगित अधिवेशन सुरू | Khabarhub Khabarhub

एमाले हुम्लाको स्थगित अधिवेशन सुरू


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत–नेकपा एमाले हुम्लाको स्थगित नवौँ अधिवेशन आजबाट सुरू भएको छ । हिमपातका कारण स्थगित भएको जिल्ला अधिवेशन सोमबारबाट सुरू भएको हो ।

यसअघि पहिलो पटक चिसोका कारण र दोश्रो पटक कोरोना महामारीका अधिवेशन स्थगित भएको थियो । एमाले हुम्लाका कार्यवाहक अध्यक्ष ज्ञानी बुमीले भने, ‘पार्टीको केन्द्रीय निर्देशनअनुसार स्थानीय तहको निर्वाचनअघि जिल्ला अधिवेशन गर्न लागिएको हो । अब स्थानीय तहको चुनावमा केन्द्रीत हुने गरी अधिवेशन गर्न लागेका हौं ।’

अधिवेशनका लागि सात गाउँपालिकाबाट एक सय २४ र जिल्ला कमिटीका एक सय ३५ जना गरी दुई सय ५९ जना अधिवेशन प्रतिनिधि छनोट भइसकेको बुमीले जानकारी दिए ।

अधिवेशनले नयाँ नेतृत्व छनोट गर्ने र सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिने कार्यवाहक अध्यक्ष बुमीले बताए । ‘आंकाक्षी साथीहरू हुनुहुन्छ । तर, हामी सहमतिकै आधारमा नेतृत्व चयन गर्छौँ ।’ उनले भने, ‘सहमति हुन नसके प्रक्रियामा अगाडि जान्छ ।’

कर्णालीका १० जिल्लामध्ये आठ जिल्लामा अधिवेशन भइसकेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ८ : ३० बजे

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं – विगत केही दिनदेखि देशका अधिकांश भू–भागको तापक्रम वृद्धि

‘सहकारीको संस्थागत पुनः संरचनाले मात्रै समस्या समाधान हुन्छ’

ललितपुर – वर्तमान सहकारी समस्यालाई हल गर्न संस्थागत पुनः संरचना

अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप छ दिन बन्द

बर्दिया – अत्यधिक गर्मीका कारण यहाँको गुलरिया नगरपालिकाका विद्यालय थप

रौतहटमा विपद् व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न

रौतहट  – रौतहटमा विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यशाला सम्पन्न भएको

डीआर उपाध्यायको ‘दुई दिनको चोला’ सार्वजनिक

काठमाडौं । गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत