माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित « Khabarhub

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमण तीव्र बनेपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

गत महिना आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रले पदाधिकारीको टुङ्गो लगाउन शनिबारका लागि बैठक बोलाएको थियो । मुलुकभर कोरोना भाइरस संक्रमण बढेका कारण शनिबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगन भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

कोरोना बढेसँगै सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि सार्वजनिकस्थलमा खोप कार्ड अनिवार्य गरेको छ । यस्तै आज रातिदेखि जोरबिजोर प्रणाली लागू गरिएको छ । यसअघि माओवादीको केन्द्रीय समिति बैठक गत पुस २५ गतेका लागि बोलाइएको थियो ।

केन्द्रीय कार्यालयका कर्मचारीलगायत नेतामा कोरोना संक्रमण पुष्टि भएपछि बैठक भोलिसम्मका लागि स्थगन गरिएको थियो । पुस अन्तिम साता माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, शक्ति बस्नेतलगायत एक दर्जनबढी नेतामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

महाधिवेशन सम्पन्न भएलगत्तै गत पुस १८ गते बसेको पहिलो केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरेको थियो । त्यसपछि बस्ने बैठकले पदाधिकारीको चयन गर्ने बताइए पनि कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण बैठक स्थगन भएसँगै पदाधिकारी चयन अनिश्चित बनेको छ ।

 

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  २ : ५७ बजे

आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

शिक्षामन्त्री पौडेल लण्डन आइपुगे

लण्डन – बेलायतमा आयोजना हुने एक अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा

आज २०७९ साल जेठ ८ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०७९ साल जेठ ८ गते आइतबार। ज्योतिष

भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट चितवनको भरतपुर महानगरपालिकामा मेयरमा उम्मेदवारी दिएकी

मुगुको छायानाथ रारा नगरपालिकाका मेयर भन्छन्- ‘पारिश्रमिकको रकमबाट बिरामी बोक्छु ‘

काठमाडौँ- मुगु जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाका नवनिर्वाचित मेयर