चर्को विरोधका बावजुद चिनियाँ कम्पनीले बोस्निया हर्जगोभिनामा जलविद्युत परियोजना थाल्ने | Khabarhub Khabarhub

चर्को विरोधका बावजुद चिनियाँ कम्पनीले बोस्निया हर्जगोभिनामा जलविद्युत परियोजना थाल्ने


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आवश्यक वैधानिक अनुमतिबिना र स्थानीय अभियानकर्मीहरुको चर्को विरोधका बावजुद युरोपेली मुलुक बोस्निया हर्जगोभिनामा चिनियाँ कम्पनीले जलविद्युत परियोजना अघि बढाउने भएको छ ।

सन् २०१९ मा बोस्निया हर्जगोभिनाको स्वशासित क्षेत्र रिपब्लिका स्रप्स्काका प्रधानमन्त्री राडोभान भिस्कोभिचले यस परियोजनासम्बन्धी सम्झौतामा चीनको राज्य सञ्चालित नेशनल एरो–टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनसँग हस्ताक्षार गरेका थिए । यो परियोजनाको लागत १० करोड ७० लाख अमेरिकी डलर रहेको छ ।

प्रस्तावित परियोजना बोस्निया हर्जगोभिनामा सर्ब जातिको बाहुल्यता रहेको क्षेत्र भएर बगने बिस्ट्रिका नदीमा निर्माण गरिने योजना छ । यद्यपि अभियानकर्मीहरुले भने यो परियोजनासँग आवश्यक वातावरणीय अनुमती नभएको भन्दै यसको विरोध गर्दै आएका छन् ।

उनीहरुका अनुसार यस परियोजनाले नदी र आसपासका क्षेत्रमा प्रतिकूल वातावरणीय प्रभाव पार्नेछ ।

‘हामीले यसबारेको अध्ययन प्रतिवेदन हेरेका छौँ ।’ परियोजना निर्माण गर्न लागिएको बान्या लुका क्षेत्रमा सक्रिय पर्यावरणसम्बन्धी संस्था सेन्टर फर द इन्भारोन्मेन्टकी प्रमुख येलेना इभानिचले रेडियो फ्रि युरोपलाई भनिन्, ‘यो निकै विवादस्पद छ ।’

उनका अनुसार उक्त प्रतिवेदनमा आवश्यक तथ्यांक पनि समावेश गरिएको छैन । यसबाहेक यस परियोजनालाई तयारी कार्य मात्रै गर्ने अनुमति प्राप्त छ ।

पछिल्लो समय चीनले बोस्निया हर्जगोभिनासहित दक्षिणी युरोपको बाल्कन क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिरहेको बताइएको छ ।

सन् २०२१ मा बुल्गेरियामा रहेको सेन्टर फर स्टडी अफ डेमोक्रेसी नामक संस्थाले गरेको अध्ययनमा बोस्निया हर्जगोभिनासहित हंगेरी, मोन्टेनेग्रो, सर्बियाजस्ता मुलुकमा चिनियाँ पुँजी भित्रिएसँगै ती मुलुकको व्यवसायिक वातावरण खस्किँदै गएको र विधिको शासनमा पनि ह्रास आएको पाइएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ३५ बजे

नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ

ब्रेकेल प्लेक्सेस इञ्जुरीको सफल सल्यक्रिया गर्ने डाक्टरहरु सम्मानित

काठमाडौं- प्लाष्टिक सर्जरी विभाग किर्तिपुर अस्पातलले नेपालमै अध्ययन गरेर हातको

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको

पुजार सार्की : बुबाको जवानीको ‘लुक्स’का आर्यन

काठमाडौं– ‘लभर बोई’को परिचय बनाएका एक समय महँगा स्टार आर्यन