सैनिक विशेष अदालतलाई सिंहदरबारमा सार्नुपर्छ : सांसद रेणुका गुरुङ  | Khabarhub Khabarhub

सैनिक विशेष अदालतलाई सिंहदरबारमा सार्नुपर्छ : सांसद रेणुका गुरुङ 


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतलाई सैनिक मुख्यालयबाट सिंहदरबार भित्र सार्न माग गरेकी छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सैनिक विशेष अदालत सिंहदरबार भित्र सार्न माग गरेकी हुन् ।

‘सेनामा न्यायप्रति विश्वास घटेको छ । सैनिक विशेष अदालतको बेतिथिका विषयमा निरन्तर अनुगमनको लागि जोडदार माग गर्दछु । सैनिक विशेष अदालतलाई सिंहदरबार भित्र र सैनिक परिसर बाहिर सार्न माग गर्दछु,’ सांसद गुरुङले भनिन् ।

सैनिक विशेष अदालतको बेतिथिको कारण सयौँ सैनिकले समयमै न्याय पाउन नसकेको दाबी उनले गरिन् ।

‘सैनिक अदालत भनेको सैनिक नेतृत्वको एकल इजलास हो, जसका कतिपय निर्णय सैनिक नेतृत्व र तिनका निहित स्वार्थ बोकेका निश्चित समूहका रिसिवीका कारण अभिप्रेरित हुने गरेको छ,’ उनले भनिन् ।

सैनिक विशेष अदालत हप्ताको एक दिन मात्र बस्ने र त्यो दिन विभिन्न व्यक्तिहरूको व्यवस्थाका कारण इजलास बस्न नसकेको उनले बताइन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १२ : ५२ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये