म्याग्दीको बेनी नगरपालिका–१ अर्जम बङ्गुर पकेट क्षेत्र घोषणा | Khabarhub Khabarhub

म्याग्दीको बेनी नगरपालिका–१ अर्जम बङ्गुर पकेट क्षेत्र घोषणा


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१ अर्जमलाई बङ्गुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ । परम्परागतरुपमा सुँगर र बङ्गुरपालन गर्दै आएका त्यहाँका कृषकलाई व्यावसायिक बनाउन नगरपालिकाले चालू आर्थिक वर्षदेखि पकेट क्षेत्र घोषणा गरेको हो । नगरपालिकाको पशु सेवा शाखाका प्रमुख अनाश्रित श्रेष्ठले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अर्जम पशुपालन तथा बहुउद्देश्यीय कृषक समूहमार्फत बङ्गुर पकेट क्षेत्र घोषणा गरिएको जानकारी दिए । उक्त कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु १० लाख विनियोजन भएकामा समूहमा आबद्ध कृषकलाई बङ्गुरको खोर निर्माण र पाठापाठी खरिदमा अनुदान दिइएको छ । नगरपालिकाको ५० प्रतिशत अनुदानमा २२ कृषकले बङ्गुरको सुधारिएको खोर बनाएका समूहका अध्यक्ष नरबहादुर थापाले बताएका छन् । 

‘बाइस जनालाई दुई/दुई वटाका दरले पाख्रिबास जातको बङ्गुरका पाठापाठी उपलब्ध गराएका छौँ’, उनले भने, ‘पानी पर्दा ओत लाग्ने र खुला ठाउँमा बस्ने, उमेर समूहअनुसार पोथी र भालेलाई छुट्टाछुट्टै राख्न मिल्ने आधुनिक खोर बनाएका छौँ ।’खोर निर्माणका लागि प्रतिकृषक रु ३५ हजारका दरले अनुदान दिइएको अध्यक्ष थापाले बताए । एउटा खोरमा १० भन्दाबढी बङ्गुर पाल्न सकिन्छ । करिब ३०० घरधुरी रहेको अर्जमका अधिकांशका घरमा धराने कालो जातको सुँगुर पालेका छन् । यसअघि परम्परागत शैलीका खोरमा बङ्गुर पालिएको थियो । घरायसी उपभोगका लागि बङ्गुर, सुँगुर पाल्दै आएका अर्जमका कृषकको आयआर्जन सुधारका लागि पकेट क्षेत्र सञ्चालन गरिएको वडासदस्य ताराप्रसाद थापामगरले बताएका छन् । 

पाठापाठी र मासुका लागि बङ्गुर, सुँगुरको माग बढेको छ । बागलुङ, बेनीलगायत बजार क्षेत्रबाट सुँगुरको माग आउने गरेको छ । धेरै पाठापाठी जन्माउने, छिटो हुर्कने, घरमा फालिएको खानेकुराको सदुपयोग आम्दानी हुने भएकाले त्यहाँका बासिन्दाले बङ्गुरपालनलाई व्यावसायिक बनाउन थालेका छन् । प्रतिकिलो  ५०० को हाराहारीमा बङ्गुर बिक्री हुन्छ । एउटै बङ्गुरलाई एक वर्ष पालेमा रु ५० हजारभन्दा बढी मूल्य पार्न सकिने कृषकले बताएका छन् । 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  २ : ३० बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार तदनुसार

आज २०८१ साल जेठ २ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार तदनुसार

नीति तथा कार्यक्रममा महत्वाकांक्षी सरकारसामू कार्यान्वयन चुनौती

काठमाडौं – सरकारले आज संघीय संसद्‌को संयुक्त सदनमा आगामी आर्थिक

प्रधानमन्त्री छोरी आत्मनिर्भर : एमालेको कार्यक्रम, प्रचण्डलाई व्यंग्य !

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम