बोर्डको प्रस्ताव : डब फिल्ममा रोक, सेन्सर नगरी शो राख्न नपाइने « Khabarhub

बोर्डको प्रस्ताव : डब फिल्ममा रोक, सेन्सर नगरी शो राख्न नपाइने


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही समय यता विदेशी फिल्मको दबदबाले नेपाली फिल्मलाई स्वदेशमै गाह्रो परिरहेको खबर आइरहेका छन् । नेपाल सरकारको तर्फबाट फिल्मलाई नियमन गर्ने चलचित्र विकास बोर्डले भने यसमा कदम नचालेको आरोप लाग्ने गरेका छन् । तर, बोर्डका अध्यक्ष दयाराम दाहाल भने आफ्नो मनोमानी नभई प्रक्रियागत रुपमा बोर्डले एक्सन लिने बताएका छन् ।

‘कुनै व्यक्तिले भन्दैमा बोर्डले एक्सन लिने हैन । बोर्डले कानुन अनुसार आफ्नो गतिविधि गर्ने हो’ अध्यक्ष दाहालले भने । उनले मंगलबार बसेको बैठकबाट नेपालमा सेन्सर नगरी बुकिङ्ग खोल्न नपाइने र डब फिल्मलाई प्रदर्शनमा रोक लगाउने निर्णय गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई पत्र समेत पठाइसकेका छन् ।

ड्राफ्ट भइसकेको राष्ट्रिय चलचित्र नीति पास नहुदाँ बोर्डलाई बेलाबखतमा कानुनी अड्चन आउने गरेको छ । बोर्ड अध्यक्ष दाहालले आफूले सक्ने र अधिकार रहेको कानुनलाई नेपाली फिल्मको हितका लागि प्रयोग गरेको पनि बताएका छन् । ‘हामीले मन्त्रालयमा समस्या र समाधान सहित बोर्ड बैठकको निर्णय पठाएका छौँ । हामीले प्रयोग गर्न मिल्ने अधिकारबाट पछि हटेका छैनौं’ अध्यक्ष दाहालले भने ।

यदि, मन्त्रालयले निर्णय गरेको खण्डमा नेपालमा विदेशी डब फिल्म भित्रिने छैनन् । साथै, सेन्सर नगरी हलमा बुकिङ्ग समेत खुलाउन पाइने छैन । यसमा नेपाली निर्माताले समेत सेन्सर अगाडी नै गर्नु पर्नेछ । साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’ रिलिजको समयमा सेन्सर नै नगरी एक साता अगाडि नै शोज निकालेर प्रदर्शकले टिकट बिक्री गरेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १२ : १६ बजे

आगो लगाएर श्रीमती र सासूको हत्या प्रयास गरेको आरोपमा सदा पक्राउ

महोत्तरी– श्रीमती र सासूको शरीरमा मट्टितेल छर्केर आगो लगाई हत्याको

अवरुद्ध बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालन

म्याग्दी– म्याग्दीको तीन स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडकमा

सहमति कायम गरेर नै नागरिकता विधेयक पारित गरिएको हो : गृहमन्त्री खाण

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमा सहमति भएका विषयलाई समेटेर

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ– आज दिनभर युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्नुपर्नेमा

वडा सदस्यको घरबाट चोरी भएको मोटरसाइकल भेटियो जंगलमा

कञ्चनपुर– कञ्चनपुरमा चोरी गरिएको मोटरसाइकल जंगलमा फेला परेको छ ।