श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउने घोषणा | Khabarhub Khabarhub

श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउने घोषणा


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको मलेसियाले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ ।

मलेसियाका प्रधानमन्त्री दातुक सेरी इस्माइल साबरी याकोबले आगामी १ मेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट बनाउने घोषणा गरेका छन् ।

मानिसहरुको जीवनयापनको लागतमा भएको बृद्धि र यसको प्रभावको बारेमा सरकार सचेत रहेको भन्दै न्यूनतम पारिश्रमिक बढाउन लागिएको प्रधानमन्त्री साबरीले बताए ।

गभर्नमेन्ट-लिङ्क्ड कम्पनीहरू (जिएलसी)को ओपन डे २०२२ को शुभारम्भ गर्ने क्रममा उनले निजी क्षेत्रका कम्पनीहरूलाई पनि आफ्ना श्रमिकलाई सो न्यूनतम रकम प्रदान गर्न आग्रह गरेका छन् ।

जिएलसी र सरकार-सम्बन्धित लगानी कम्पनीहरू (जिएलआइसी) लाई आफ्ना स्थायी कर्मचारीहरूलाई कम्तिमा १५ सय रिंगेट पारिश्रमक भुक्तानी गर्न आह्वान गर्दै उनले अन्य कर्पोरेट संस्थाहरूलाई पनि सोही अनुसार प्रोत्साहित गरिने बताए ।

हाल मलेसियामा न्यूनतम पारिश्रमिक १२ सय रिंगेट छ। यो व्यवस्था १ फेब्रुअरी, २०२० मा तय गरिएको थियो। मलेसिया सरकारले न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट बनाउने घोषणासँगै त्यहाँ कार्यरत लाखौँ नेपाली श्रमिक पनि लाभान्वित हुने भएका छन् ।

हाल मलेसियामा विभिन्न क्षेत्रमा गरी करिब चार लाखको हाराहारीमा नेपालीहरू कार्यरत छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ७ : २६ बजे

जसपाले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं– अशोक राईको नेतृत्वमा नयाँ गठन भएको जसपाले आज पत्रकार

पर्वतका ९१ साना उद्योग बन्द

पर्वत– कोरोना महामारीसँगै आर्थिक मन्दीमा परेका पर्वतका ९१ साना उद्योग

महोत्तरीका किसानले पाए उखुको भुक्तानी

महोत्तरी– महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी

कोशीका मुख्यमन्त्री कार्की सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै

विराटनगर – कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान भएपछि

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्योः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा